आजबाट खुल्यो अर्को आइपिओ, ९ लाख भन्दा बढीको भाग्य चम्किने !

काठमाडौ । बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला भएको छ। कम्पनीको आइपिओ बुधबारबाट निष्कासनमा आएको हो ।

निष्कासित शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनी कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन। आइपिओका लागि २१ चैतसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु सात अर्ब ६५ करोड हुने जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८०७:५४

भोलि हुँदै विश्वकपको ड्र, कुन-कुन राष्ट्र छन् र के छ नियम ?