चैत्र महिनाको औंशी चैत्र १८ गते शुक्रबार अर्थात् भोलि परेको छ। यो चैत्र कृष्ण पक्षको अन्तिम तिथि हो। पर्सीबाट चैत्र शुक्ल प्रतिपदा सुरु हुनेछ, जसमा नवरात्र पनि समावेश रहनेछ। पञ्चाङका अनुसार यसपटक चैत्र शुल्क पक्ष औंशी तिथी आज दिउँसो १२ः३७ बजेदेखि सुरु भइसकेको छ। साथै, यो तिथि भोलि १२:०८ मा समाप्त हुनेछ। शास्त्र अनुसार सूर्योदयदेखि नै औंशीका लागि स्नान र दान गर्ने गरिन्छ। यस्तो अवस्थामा चैत्र औनाशीका लागि भोलि बिहानै स्नान र दान गर्नुहोस्। काल सर्प दोष र पितृदोषबाट मुक्ति पाउन यो तिथिलाई विशेष मानिन्छ। यस्तो अवस्थामा यस दिन अपनाउनुपर्ने उपायहरु जान्नुहोस्।
काल सर्प दोष र पितृदोषबाट छुटकारा पाउने उपाय
यस दिन भगवान शिवको पूजा गर्नाले काल सर्प दोषबाट मुक्ति मिल्छ। यस दिन शिव मन्दिरमा रुद्राभिषेक गर्नुका साथै शिवलिंगमा दूध र मिश्री चढाउनुपर्छ। यसो गर्नाले शिवको कृपाले कालसर्प दोष हट्छ।
औंशीको दिन पवित्र नदीमा स्नान गर्नाले धेरै लाभ मिल्छ। स्नान गरेपछि चाँदीबाट बनेको नाग वा नागिनको पूजा गरिन्छ। त्यसपछि काल सर्प दोषबाट मुक्तिको लागि प्रार्थना गर्नुहोस्। यसो गर्नाले कालसर्प दोष शान्त हुने जनविश्वास छ।
यसबाहेक चैत्र औंशीमा शिव ताण्डव स्तोत्रको पाठ गर्नु पनि लाभदायक मानिन्छ। वास्तवमा यसो गर्दा काल सर्प दोषबाट मुक्ति मिल्छ। साथै कालसर्प दोषबाट मुक्ति पाउनका लागि राहुको पनि पूजा गर्ने गरिन्छ। कुनै पनि शिव मन्दिरमा राहुको पूजा गर्नु लाभदायक मानिन्छ।
बन्दैछ यस्तो संयोग
पञ्चाङका अनुसार चैत्र औंशीको दिन बिहान ब्रह्मयोग बन्ने भएको छ। यसबाहेक इन्द्रयोगको दुर्लभ संयोग पनि बनिरहेको छ। बिहान १०ः५५ बजेदेखि सर्वार्थ सिद्धि योग र अमृत सिद्धि योग पनि बन्दैछ। यी योगहरूमा शुभ कार्यहरू सफल हुन्छन्। यससँगै चैत्र औंशीमा भाद्रपद र रेवती नक्षत्रको संयोग पनि बन्ने भएको छ।