भोलि चैत्र १८ गते शुक्रबार ,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!

पञ्चाङ्ग
दिन : शुक्रवार **** नक्षत्र : उत्तरभाद्रपदा , १०:५५ बजे उप्रान्त रेवती*** तिथि : औंसी , ११:५९ बजे उप्रान्त प्रतिपदा*** करण : नाग ११:५९ बजेदेखि किंस्तुघ्न , २३:५६ बजे उप्रान्त कौलव **** योग :  ब्रह्म , १०:०० बजे उप्रान्त ऐन्द्र

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवार र कार्यको क्षेत्रमा सम्झौतापूर्ण व्यवहारलाई टाल्नुहोला। बोली र व्यवहारमा ध्यान राख्नुहोला। मन उदास हुँदा तपाईमा नकारात्म्क विचार रहनेछ। स्त्री वर्गबाट लाभ होला। खानपिनमा ध्यान राख्नुपर्नेछ। अत्यधिक पैसा खर्च होला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विचारको दृढताका साथ तपाई सावधानीपुर्वक कामगर्नुहोला। व्यवस्थित रुपले आर्थिक विषयको आयोजन गर्न सक्नुहुन्छ। उत्तम दाम्पत्यजीवनको अनुभूति गर्नुहुनेछ। धन लाभको आशा राख्न सक्नुहुन्छ। कुटुम्बिक सुख-शान्ति बनिरहनेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको बोली वा व्यवहारले कसैसँग गलत धारणा उत्पन्न गर्न सक्छ। कुटुम्बिक तथा आफन्तसँग सम्हालेर रहनुहोला। बिरामी वा दुर्घटना हुने योग छ। मन-प्रतिष्ठाको हानि होला। विशेष रुपले मनोरंजनमा खर्च हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक आयोजन र नयाँ कामको सुरुवात गर्नको लागि उतम दिन छ। व्यापार-धन्दा, पेसामा पदोन्नति र आयको स्रोत वृद्दि हुनाले आनन्द र सन्तोषको भावना अनुभव गर्नहुनेछ। उत्तम वैवाहिक सुखको आनन्द उठाउन सक्नुहुन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पेसा तथा व्यवसायको क्षेत्रमा लाभदायक र सफल दिन छ। भरपुर आत्मविश्वास र दृढ मनोबलले कार्य सरलतापुर्वक पूरा हुनेछ। उच्च  पदाधिकारीद्वारा कामको कदर हुनेछ। कला क्षेत्रमा प्रतिभा प्रदर्शनको लागि उत्तम समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन धार्मिक प्रवृत्तिमा बित्नेछ।  कुनै तीर्थ स्थानको भ्रमणले संयोगको खडा हुनेछ। विदेश गमनको लागि अवसर निर्माण हुनेछ। अफिसमा उच्च अधिकारीबाट सम्हालेर रहनुहोला। आर्थिक लाभ मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आकस्मिक धन लाभको दिन छ। आध्यात्मिक प्रवृत्ति तथा सिद्दि प्राप्त गर्नको लागि उत्तम दिन छ। तरपनि नयाँ कार्य सुरु गर्नको लागि शुभ दिन छैन।  स्वास्थ्यको ख्याल राख्नुहोला।  ईश्वरभक्ति  र गहिरो चिन्तनशक्तिले मनलाई शान्ति दिनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दैनिक घटना चक्रको प्रवृत्तिमा परिवर्तन आउनेछ। सार्वजनिक जीवनमा मान-प्रतिष्ठा बढ्नेछ। साझेदारबाट लाभ हुनेछ। दाम्पत्यजीवनमा उत्तम क्षण अनुभव गर्नुहुनेछ। प्रिय व्यक्तिसँग भेट र धनलाभ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पेसा वर्गको लागि लाभदायक दिन छ। आर्थिक लाभ होला। घरमा आनन्दमय वातावरण रहला। सहकर्मीको सहयोग प्राप्त होला। कार्यमा सफलता र प्रसिद्दि प्राप्त होला। स्त्री मित्रसँग भेट हुनेछ। तपाईमा भगवानको आशिर्वाद रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कला तथा साहित्यको क्षेत्रमा रुचि राख्ने व्यक्तिले विशेष योगदान दिन सक्नेछ। आफ्नो रचनात्मक र सिर्जनात्मक शक्तिको परिचय गराउन सक्नुहुन्छ। शेयरबाट लाभ मिल्नेछ। सन्तानको प्रश्नले हल मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

स्वभावमा भावुकता अधिक हुनाले मानसिक बेचैनी रहनेछ। आर्थिक विषयको आयोजन हुनेछ। माताको तर्फबाट अधिक प्रेम र भावना अनुभव होला। सार्वजनिक रुपमा मानहानि नहोस् यस कुराको ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कार्यमा सफलता  पाउनको लागि महत्त्वपूर्ण निर्णय लिन उत्तम दिन छ। तपाईको विचारमा स्थिरता रहनेछ। कुनै पनि  कार्य राम्रोसँग गर्न सक्नुहुन्छ। कला प्रदशन गर्ने मौका मिल्नेछ। जीवनसाथीसँग अधिक निकटता अनुभव गर्नुहुनेछ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१८:०७

आज चैत्र १८ गते शुक्रबार, कुन राशिलाई कति शुभ रहला दिन ? हेर्नुहोस राशिफल!