सरकारले बढायो सवारीसाधनको भाडा ! कति ?

काठमाडौँ – सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। लगातार इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको निर्णय अनुसार अब सार्वजनिक सवारीसाधनको भाडा १० देखि १४ प्रतिशतसम्म बढ्नेछ। भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको छ।

भाडा बढाउने निर्णय भएसँगै अब रुट अनुसारको भाडाडर आइतबार सार्वजनिक हुनेछ। मन्त्रालयले गरेको निर्णय अनुसार एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनको भाडा बढाइएको छ। संघीय सरकारले भाडा बढाएपनि अब प्रदेश सरकारहरुले पनि यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाउनेछन्।

त्यस्तै अब अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले परिवर्तन भएमा साेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन पनि हुने भएको छ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१९:१४

जब कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए …