काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। कारोबार हुने साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
साताभर सुनको मूल्य
छापावाला सुन यस साता ९८ हजार ८ सय देखि १ लाख ९ सय सम्ममा कारोबार हुँदा तेजाबी सुन ९८ हजार ३ सय देखि १ लाख ४ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदी मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

