कतार विश्वकप: कुन महादेशबाट कुन राष्ट्र छनौट भए ? [सूची]

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ हुदैछ । विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ ।

विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन लागेको हो । यसअघि हरेक चार वर्षको अन्तरमा समरमा हुँदै आएको थियो । विश्वकप नजिकिदै गर्दा विश्वकप छनोटका खेल पनि सकिदैछ । हालसम्म २९ राष्ट्रले विश्वकपमा स्थान पक्का गरेका छन् । अब तीन टोली छनोट हुन बाँकी छ ।

विश्वकपमा युरोपटबाट १३, अफ्रिकाबाट ५, एसियाबाट चार र (प्लेअफबाट एक प्लस), कोन्काफबाट तीन (प्लेअफबाट एक प्लस), ओसियानाबाट प्लेअफबाट एक प्लस ) र कन्मेवलबाट चार (प्लेअफबाट एक प्लस) छनोट हुने प्रावधान छ ।

युरोप
युरोपबाट सर्वाधिक धेरै १३ राष्ट्रले विश्वकपमा सहभागिता जनाउन पाउनेछन् । युरोपबाट अहिलेसम्म १२ राष्ट्रले कतारको यात्रा तय गरिसकेका छन् । अब एक टोलीको टुंगो लाग्न बाँकी छ । प्ले अफको फाइनलमा वेल्स पुगिसकेको छ ।

वेल्सले प्ले अफको सेमिफाइनलमा रहेका स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्नेछ । स्कटल्यान्ड र युक्रेनबीचको खेल रसियाले युक्रेनमा आक्रमण गरेका कारण स्थगित छ । अब युरोपबाट वेल्स वा स्कटल्यान्ड र युक्रेनमध्ये एक टिम विश्वकपमा पुग्नेछन् ।

युरोपबाट जर्मनी, डेनमार्क, साविक विजेता फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट भएका हुन् । रुस–युक्रेन युद्धका कारण स्कटल्यान्ड र युक्रेनबीच हुनुपर्ने प्लेअफको सेमिफाइनल खेल जुन महिनाका लागि सारिएको छ । पोर्चुगल र पोल्यान्डले प्ले अफबाट विश्वकपमा स्थान बनाएका हुन् ।

दक्षिण अमेरिका
दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र उरुग्वे र इक्वेडर छनोटमा शीर्ष चारमा रहँदै सिधै विश्वकपमा छनोट भएको छ । पाँचौ भएको पेरुले अब एसिया क्षेत्रको प्ले अफका टोली अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (युएईं) बीचको विजेतासँग खेल्नेछ ।

छनोटमा अपराजित रहेको ब्राजिल लगातार २२औँ पटक विश्वकपमा छनोट भएको हो । अर्जेन्टिना पनि छनोटमा अपराजित छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाबीच खेल हुन बाँकी छ । दक्षिण अमेरिकी क्षेत्रबाट यसपटक कोलम्बिया र चिली विश्वकपमा छनोट हुन सकेनन् ।

उत्तर तथा मध्य अमेरिका (कोन्काफ)
कोन्काफ क्षेत्रमा विश्वकप छनोट प्रतियोगितामा आठ टोलीको सहभागिता छ । त्यहाँ पनि शीर्ष तीन टोली सीधै विश्वकपमा छानिनेछन् । यहाँबाट क्यानडाले जमैकालाई हराएर ३६ वर्षपछि विश्वकपमा छानिएको छ । अमेरिका र मेक्सिको पनि छनोट भएको छ । छनोटमा चौथो स्थानमा रहेको कोस्टा रिकाले प्ले अफमा ओसियाना क्षेत्रबाट प्ले अफमा स्थान बनाएको न्युजिल्यान्डसँग खेल्नेछ ।

अफ्रिका
अफ्रिकाबाट विश्वकप खेल्ने सबै पाँचै टोलीको छिनोफानो भइसकेको छ । अफ्रिकाबाट यसपल्ट होम एन्ड अवेको आधारमा दुई लेगको प्ले अफमार्फत विश्वकप खेल्ने टोलीको टुंगो लगाइएको हो । जसअन्तर्गत घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुनले सफलता हात पार्दै विश्वकपमा छनोट हुन सफल भएको छ ।

यसपटक अफ्रिकाबाट बुर्किना फासो, आइभोरी कोस्ट, गावोन, दक्षिण अफ्रिका, नाइजेरिया र अल्जेरियाजस्ता बलियो टोली विश्वकपमा देखिने छैन ।

एसिया
एसियाबाट पाँच टोलीले सिधै र छनोटमा पाँचौ हुने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नुपर्ने प्रावधान छ । कतारले आयोजकका रूपमा विश्वकपमा स्थान बनाइसकेको छ ।

त्यसबाहेक इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापानले विश्वकपमा स्थान बनाएका छन् ।
प्ले अफमा अष्ट्रेलिया र युनाटेड अरब इमिरेट्सले ७ जुनमा प्रतिस्पर्धा गर्ने छ । यो खेलमा जित्ने टोलीले कन्वेललको छनोटमा पाँचौ स्थानमा रहेको टोली पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

ओसियाना
ओसियाना क्षेत्रबाट कुनैपनि राष्ट्रले सिधै विश्वकपमा छनोट हुन पाउँदैनन् । उनीहरुलाई अन्तरमहादेशीय प्लेअफबाट विश्वकपमा छनोटको हुने बाटो हुनेछ । ओसियाना छनोटको फाइनलमा सोलोमोन आइल्यान्डलाई ५–० ले पराजित गर्दै न्युजिल्यान्डले प्लेअफमा स्थान बनाएको छ । अब न्युजिल्यान्डले कोन्काफ क्षेत्रको छनोटमा चौथो भएको कोस्टा रिकासँग खेल्नेछ । विजयी हुने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

छनोट भएका टोलीहरु

युरोप – जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र पोल्यान्ड

दक्षिण अमेरिका – ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

उत्तर तथा मध्य अमेरिका (कोन्काफ) – क्यानडा, अमेरिका र मेक्सिको

एसिया – कतार (आयोजक) इरान, दक्षिण कोरिया, साउदी अरेबिया र जापान

दक्षिण अफ्रिका – घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुनले

छनोट हुन बाँकी

(वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ)

अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ)

कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ)

प्रकाशित : शुक्रबार, चैत १८, २०७८११:१२

रियल म्याड्रिडसँग अप्रिल फुल मनाएछन् एलेग्रीले, सम्झौता गरेर भनेछन्-“म त आउँन भ्याउँदिन है”