भोलिबाट ९ दिनको समय हुनेछ निकै विशेष, यी ३ राशिको चम्किनेछ भाग्य !

हिन्दू पञ्चांग अनुसार चैत्र महिनाको शुक्ल पक्ष प्रतिपदाबाट नयाँ वर्ष सुरु हुन्छ। यस दिनलाई गुढीपडवा पनि भनिन्छ र चैत्र नवरात्रिको ९ दिने पर्व पनि यही दिनबाट सुरु हुन्छ । यी ९ दिनमा माता दुर्गाका ९ रूपको पूजा गरिन्छ ।

माता दुर्गा घोडामा सवार भएर अगमन हुने भएको छ
यस वर्ष चैत्र नवरात्रि चैत १९ गते शनिबारबाट सुरु हुँदै छ, जुन चैत २८ गतेसम्म हुनेछ । यी ९ दिनमा माता दुर्गाको स्वरूपको विधिपूर्वक पूजा गर्नाले घरमा सुख–समृद्धि आउनेछ । यस पटक माता दुर्गा घोडामा सवार भएर आउँदै छिन् र भैँसीमा चढेर निस्किनेछन् । माताको यस्तो सवारीलाई शुभ मान्दैनन् । तर यसपटक ग्रहहरूको परिवर्तनले यो नवरात्रमा केही राशिका लागि विशेष हुने भएको छ ।

यी राशिहरुको लागि चैत्र नवरात्री अत्यन्तै शुभ हुने भएको छ
चैत्र नवरात्रिमा २ वटा महत्त्वपूर्ण ग्रह राशि परिवर्तन गर्दै छन् । ज्योतिष शास्त्रका अनुसार यी ९ दिनमा शनि र मंगल मकर राशिमा गोचर हुँदै छन् । यी दुई ग्रह एक-अर्काका शत्रु भएकाले एउटै राशिमा भेट हुँदा धेरै कठिन परिस्थिति आउनेछन्, कर्कट, कन्या र धनु राशिका लागि यो परिवर्तन शुभ नहुने भएको छ र यस समयमा सावधानी अपनाउनुपर्छ ।

अर्कोतर्फ मेष, मकर र कुम्भ राशिका लागि यो निकै शुभ रहनेछ । यो समय उनीहरूलाई धेरै फाइदा हुनेछ। शुभ समाचार सुन्न पाइनेछ । पेसा–व्यवसायमा प्रगति हुनसक्छ ।

चैत्र नवरात्रि कलश स्थापनाको शुभ मुहूर्त
चैत्र नवरात्रिको घटस्थापनाको शुभ समय चैत १९ गते शनिबार बिहान ०६:२५ देखि बिहान ८:४६ सम्म हुनेछ। अर्थात् ०२ घण्टा २१ मिनेट मात्रै घाट स्थापनाको लागि शुभ समय रहेको छ ।

प्रकाशित : शुक्रबार, चैत १८, २०७८१५:०९

दैनिक गर्नुहोस् यस्ता सरल कार्य, ३ दिनमा पल्टिनेछ तपाईंको भाग्य !