गर्मी मौषममा भुलेर पनि फ्रिजमा नराख्नुहोस् यी दुई फलफुल !

गर्मी सुरु हुने बित्तिकै मानिसहरु फ्रिजमा खाद्यान्न वस्तुहरू भण्डारण गर्न थाल्छन्। उनीहरू बाहिर  खानेकुरा राख्दा बिग्रिन्छ भन्ने सोच्छन्।  तर यस मौषममा पाईने हरेक कुरा फ्रिजमा फ्रिजमा राख्न आवश्यक छैन। विज्ञहरु अनुसार केहि चीज फ्रिजमा नराख्दा पनि फरक पर्दैन। यी चिज फ्रिजमा राख्दा स्वाद मात्र परिवर्तन नभई शरीरलाई पनि धेरै हानि पुर्‍याउँछ। गर्मीको समयमा आँप र खरबुजा सबैभन्दा बढी प्रयोग हुने फलहरू हुन्र। विज्ञहरू अनुसार यी दुई फलफुललाई फ्रिजमा राख्न हुदैन। आज हामी तपाईंलाई  फलफुल किन फ्रिजमा राख्नु हुँदैन र हाम्रो स्वास्थ्यलाई के हानि हुन सक्छ  भन्ने  बताउँछौँ।

प्रसिद्ध डाईटिशियन र ‘ द बाइटिंग ट्रुथ’ को संस्थापक एलेक्स पार्कर भन्छन् कि ,” गर्मीमा आँप र  खरबुजा कहिले पनि फ्रिजभन्दा बाहिर राख्नुपर्छ  किनकि यी फलफुल  कम तापक्रममा बिग्रने सम्भावना बढी हुन्छन्। काटिएको आँप र खरबुजा कुनै पनि हालतमा फ्रिजमा राख्नु हुँदैन।’ विज्ञ अनुसार खरबुजा विशेष रूप से एथिलीन प्रति संवेदनशील हुन्छ।  यो एक हार्मोन हो जुनले फलफुल र तरकारी छिट्टै पाक्न मदत्त गर्छ।  यसले फलफुल र तरकारीको गुणमा पनि प्रभाव पार्छ। त्यसैले यी चीजलाई अन्य खाद्य सामग्रीबाट टाढा राख्नु पर्छ।

यूनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चर (USDA) को रिपोर्ट अनुसार खरबूजा वा आँप जस्ता फलफुललाई कोठाको तापक्रममा राख्नु नै राम्रो हुन्छ। यसमा रहेको एन्टी अक्सीडेक्ट्सको लागि पनि राम्रो हुनुको साथै हाम्रो शरीरको लागि पनि फाइदादायक छ।

फलफूलको रङ र स्वाद- गार्मीमा मान्छेहरु आँप र खरबुजा बजारबाट किनेर फ्रिजमा राख्छन्। यसले फलफूलको स्वाद बिग्रन्छ। त्यैसैले  यी फलफुललाई फ्रिजमा केहि समयसम्म राख्न चाहनुहुन्छ भने यसलाई काटेर राख्ने गल्ति नगर्नुहोला।

आँपको फाईदा -आँप भिटामिन सीले भरिपूर्ण हुन्छ। जुन रक्त वाहिका र स्वस्थ कोलेजेनको विकासका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। जभिटामिन सीले शरीरको घाउँ छिट्टै निको हुन मदत्त गर्छ। यसबाहेक  थुप्रै रोगबाट पनि शरीरलाई  रक्षा गर्न सक्छ। आँपको पहेलो भागमा बीटा क्यारोटीन पाईन्छ। बीटा क्यारोटीन आँपमा पाईने एन्टी अक्सिडेन्ट्समा एक हुन्। यसमा रहेको एन्टी अक्सिडेन्ट्सले  शरीरमा फ्रि रेडिकल्ससँग लड्न मदत्त गर्छ।

खरबुजाको फाईदा – खरबुजामा रहेको लाइकोपीन र थुप्रै बिभिन्न प्रकारका बोटका मिश्रणमा एन्टी -क्यान्सर गुणहरू हुन्छन्। लाइकोपीनले  शरीरलाई थुप्रै प्रकारको क्यान्सरबाट जोगाउँछ। पाचन प्रणालीको क्यान्सर र लाइकोपिन बिच बलियो सम्बन्ध छ। यसमा  भिटामिन सी जस्ता एन्टी-इन्फ्लेमेंटरी अक्सिडेन्टहरू पाईन्छ।

प्रकाशित : शुक्रबार, चैत १८, २०७८०१:५०

टाउकोमा तेल आउने समस्या यसरी रोक्नुहोस, तुरुन्तै मिल्नेछ चमत्कारिक परिणाम !