३ दिनपछि भाग्य बद्लिनेछ यी ५ राशिको, मंगल ग्रहको कृपाले वर्षा हुनेछ धनको !

सौर्यमण्डलको प्रत्येक ग्रहले निश्चित समयमा आफ्नो स्थिति परिवर्तन गर्दछ। ज्योतिषशास्त्रमा ग्रहहरूको स्थितिमा हुने यी परिवर्तनहरूलाई धेरै महत्त्वपूर्ण मानिएको छ। यी परिवर्तनहरूको कारण सबै १२ राशिका व्यक्तिहरूमा प्रभाव पार्छ। यो महिना सबै ९ ग्रहले आफ्नो राशि परिवर्तन गर्दैछन्। ७ अप्रिल २०२२ मा हिम्मत, पराक्रम, भूमिको करक मंगल ग्रह परिवर्तन हुँदैछ। कुम्भ राशिमा रहेको मङ्गलको गोचर ५ राशिका व्यक्तिका लागि निकै फलदायी रहनेछ।

मेष राशि 

मंगल ग्रहको गोचरले मेष राशिका व्यक्तिहरूलाई धेरै लाभ मिल्नेछ। धन लाभ मिल्नुका साथै हरेक क्षेत्रमा सफलता प्राप्त हुनेछ। लगानीका लागि पनि यो समय राम्रो सावित हुन सक्छ। बोलीमा संयम राख्नुभयो भने यो समयले एकपछि अर्को खुशी दिनेछ।

वृष राशि 

मङ्गलको गोचरले वृष राशिका व्यक्तिहरूलाई नोकरी-व्यवसायमा नयाँ उचाइ दिनेछ। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। पुरानो ऋण पनि तिर्न सकिनेछ र बैंक ब्यालेन्स पनि बढ्नेछ। समग्रमा चौतर्फी लाभ हुनेछ।

मिथुन राशि 

मिथुन राशिका लागि कुम्भ राशिमा मंगलको गोचरले आम्दानीमा वृद्धि हुनेछ। व्यवसायीले मनग्य आम्दानी गर्न सक्नेछन्। विशेषगरी घरजग्गामा लगानी गर्दा लाभ मिल्नेछ।

धनु राशि 

मङ्गलको गोचरले धनु राशि हुनेहरुको लागि काममा शुभ फल दिनेछ। यो समय रोजगारी र व्यवसायी दुवैलाई लाभदायक हुनेछ। आकस्मिक धन लाभ मिल्नेछ।

कुम्भ राशि 

मंगल ग्रहले राशि परिवर्तन गरेर कुम्भ राशिमा प्रवेश गरिरहेको हुनाले यो राशिका व्यक्तिहरूमा यो गोचरको सबैभन्दा बढी प्रभाव पर्नेछ। करियर तथा व्यापारमा लाभ मिल्नेछ। तर आफ्नो व्यवहारमा सावधान हुनुपर्छ।

प्रकाशित : आइतबार, चैत २०, २०७८११:५३

पर्सीको दिन बन्दैछ यस्तो खास, भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती !