चैत २५ गतेसम्म कुन राशिलाई कति शुभ रहनेछ ? हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल !

मेष राशि 

पहिलेको तुलनामा धेरै सप्रिएको साता छ । मनमा भएका शङ्का प्रायः निर्मूल हुने दिशामा छ । पढाइको क्षेत्र राम्रो नभए पनि व्यापार, व्यवसायबाट निकै लाभ पाउनु हुनेछ । साताको सुरुमा मनोरञ्जन हुनेछन् भने परिवारबाट पनि राम्रो सहायता मिल्ला ।

वृष राशि 

साताको सुरुमा प्रशस्त खर्च हुनेछ । मध्यभागमा भोजभतेर पर्ला त पहिले खर्च भएको रकम आंशिक मात्रामा उठ्न पनि सक्छ । मित्रबाट विशेष सहयोगको आशा नगर्नुहोस् । प्राविधिक क्षेत्रमा कमजोरी भने प्रशस्त होला । आन्तरिकभन्दा बाह्य व्यापारले टेवा दिनेछ ।

मिथुन राशि 

सुरु र अन्त्यका दिन राम्रो भए पनि बीचका दुई दिनले पिरलो पार्न सक्छन् । मङ्गलबारको दिनमा केही काम बन्ला त परिश्रम निकै नै पर्नेछ । स्वास्थ्यको स्थिति मध्यम रहला । विशेष गरेर कम्मरभन्दा मुनिको भागमा समस्या पर्न सक्छ । शनिको सेवा गर्नुहोस् ।

कर्कट राशि 

साताका अधिकांश दिन तपाईंको पक्षमा छन् । गरेका काम सफल हुनेछन् भने आर्थिक स्थिति पनि राम्रै रहनेछ । सानोतिनो चोटपटक भने लाग्ला कि जस्तो छ । गणेशको आराधनाले यस्तो सम्भावनालाई हटाउन सकिनेछ ।

सिंह राशि 

साता प्रशस्त सप्रिएको छ । मनमा भएको निराशा बिस्तारै घटेर जाला । कूटनीतिक प्रतिभा कम भए पनि अरू क्षेत्रमा सफलता नै पाउनुहुनेछ । असल काम गर्ने विचार मनमा आउला त गरेका काम पनि सफल नै हुनेछन् । सप्ताहान्तमा राम्रो लाभ हुने स्थिति छ

कन्या राशि 

सुरुका तीन दिन त्यति राम्रा छैनन् । अनेकौँ ́न् ́ट आएर मनमा पिरलो पार्ला । परिवार एवं मित्रबाट बढी सहयोगको आशा नगर्नुहोस् । व्यापारसम्बन्धी काममा हाल त्यति ठूलो प्रगति देखिन्न । नारायणको दर्शनले त्यसलाई हटाउन सकिनेछ ।

तुला राशि 

मध्यम खालको साता छ । केही समस्या त आउनेछन् तर त्यसलाई टार्न पनि सकिनेछ । मद्दत गर्ने कम छन् भने रिस गर्नेको सङ्ख्या बढी नै छ । सोचेभन्दा बढी खर्च हुन जाला । जागिरबाट मात्र आवश्यकता पूरा गर्न सकिने छैन । शनि एवं गणेश दुवैको आराधना गर्नुहोस् ।

वृश्चिक राशि 

पूरा राम्रो खालको साता होइन । अनेकौँ समस्यासित जुध्नु पर्नेछ । जागिरकै भरले मात्र व्यवहार चलाउन गाह्रो पर्ला । व्यापारसम्बन्धी कामले भने टेवा दिनेछ । बौद्धिकस्तर परिस्कृत भएर आएकाले धैर्य लिन सक्ने शक्ति यथेष्ट मात्रामा देखा पर्छ ।

धनु राशि 

मद्दत दिने र रिस गर्नेको सङ्ख्या बराबरै जस्तो छ । त्यसैले काम सफल पार्न सोचेभन्दा बढी समय लाग्ला । पढाइको क्षेत्रमा केही बाधा आउने सम्भावना छ । बगलामुखीको आराधना गरिरहनुहोस् । अरू क्षेत्रमा भने सफलता नै देखिन्छ । नोकरीको क्षेत्रमा खास उथलपुथल छैन ।

मकर राशि 

सुरुका दिनमा स्वास्थ्यसम्बन्धी समस्या परेर धनको खति हुनसक्छ । मङ्गलबारदेखि मात्र त्यसमा नियन्त्रण आउला । पढाइतिर राम्रै प्रगति हुनेछ । प्राविधिक क्षेत्रमा विशेष सफलता देखा पर्छ । तपाईंको वाणीले धेरै व्यक्ति प्रभावित हुनेछन् ।

कुम्भ राशि 

साताको मध्य भागमा स्वास्थ्य बिग्रेर केही खर्च बढे पनि सुरु र अन्त्यका दिनले उत्साह नै दिनेछन् । जागिरबाट भन्दा व्यावसायिक कामबाट राम्रो टेवा मिल्ला । बौद्धिक स्थिति सप्रिएर आएको छ । धेरै व्यक्ति तपाईंको क्रियाकलापबाट प्रभावित हुनेछन् ।

मीन राशि 

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । खर्च नघटे पनि आम्दानीको स्रोत बलियो हुनाले खास समस्या पर्ने देखिन्न । बौद्धिक स्तर बढी रहेको छ । तैपनि मनमा अलिअलि भय र शङ्का भने रहिरहला । कोरा व्यापारमा त्यति ठूलो लाभ देखिन्न ।

दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

प्रकाशित : आइतबार, चैत २०, २०७८१५:०७

यी ३ राशिका युवती हुन्छन् निकै प्रतिभाशाली, हरेक हालतमा जितेर नै छाड्छन् !