२०१० को सुआरेजको ह्याण्ड बचावलाई सम्झँदै उरुग्वेसँग बदला लिने मुडमा घाना !

घाना फुटबल संघका अध्यक्ष कर्ट ओक्राकुले कतारमा हुने आगामी २०२२ को प्रतियोगिताको लागि दुई टोली एकै समूहमा परेपछि ब्ल्याक स्टार्सले उरुग्वेलाई २०१० विश्वकपको बदला लिने समय आएको बताएका छन्।

विश्व कपको इतिहासमा सबैभन्दा अविस्मरणीय खेलहरू मध्येको एक भएको १२ वर्षपछि, ब्ल्याक स्टार समूह ‘एच’ मा उरुग्वेसँगै परेपछि उक्त हारको बदला लिने मौका आएको छ। यसै समूहमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र सन ह्युङ-मिनको दक्षिण कोरिया पनि छन्। दक्षिण अफ्रिका विश्वकप २०१० मा, घाना क्वार्टर फाइनलमा उरुग्वेसँग पेनाल्टी शुटआउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो। खेल १-१ को अवस्थामा रहेको समयमा घानाको विजयी गोल उरुग्वेका स्टार खेलाडी लुइस सुआरेजले हातले बचाएका थिए। जसपछि पाएको पेनाल्टीलाई घानाले गोलमा परिणत गर्न सकेन र खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा घाना पराजित भयो।

“हामी विश्वास गर्छौं कि यो बदला लिने समय हुनेछ,” घाना एफएका अध्यक्ष कर्ट ओक्राकुले शुक्रबारको ड्रमा बीबीसी स्पोर्ट अफ्रिकालाई भने, “हामीले त्यो विशेष खेल स्पष्ट रूपमा जित्यौं भन्ने सोचेका थियौं तर सुआरेजको त्यो ह्याण्ड बचाव। उनीहरु विरुद्ध फेरी खेल्नु हाम्रो लागि धेरै रोचक छ, स्पष्ट रूपमा [यस पटक] मनमोहक सम्झनाहरू रहनेछन्।”

रसियामा भएको २०१८ को संस्करणमा गुमाएपछि घाना विश्वकपमा फर्किने तयारीमा छ। कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने च्याम्पियनसिपमा, ब्ल्याक स्टार्सले नोभेम्बर २४ मा दोहाको स्टेडियम ९७४ मा पोर्चुगल विरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नेछ। चार दिन पछि, ब्ल्याक स्टारले अल रेयानको एजुकेशन सिटी स्टेडियममा दक्षिण कोरियाको समान गर्नेछन्। त्यस्तै, उरुग्वेसँगको ठूलो प्रतिस्पर्धा त्यसपछि डिसेम्बर २ मा हुनेछ, अल वाक्राहको अल जानोब स्टेडियमले खेल आयोजना गर्ने पुष्टि भएको छ।

प्रकाशित : आइतबार, चैत २०, २०७८१६:०७

बल्ल पूरा भो नेपालीको रेल चढ्ने सपना