युभेन्ट्स इन्टर मिलानसँग पराजित !

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानसँग हार बेहोरेको छ । इन्टरले युभेन्ट्सलाई १–० ले पराजित गरेको हो ।

एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउन पहिलो हाफमा हकान चलहानो ग्लुको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै इन्टर ३० खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित युभेन्ट्स ३१ खेलबाट ५९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

अन्य नतिजा
फियोरेन्टिनाविरुद्ध इम्पोली (१–०), एटलान्टाविरुद्ध नेपोली (१–३), उडिनेसविरुद्ध क्याग्लिएरी (५–१) र साम्पडोरियाविरुद्ध रोमा (०–१)

प्रकाशित : सोमबार, चैत २१, २०७८०७:५३

नेदरल्याण्ड्सका प्रबन्धक भए आक्रामक क्यान्सरको शिकार, ज्यान जाने बारे दिए यस्तो सन्देश !