सुरु भयो बार्सिलोनाको मिसन लेवान्डोस्की, महत्वपूर्ण डिफेन्डर नै दिएर ल्याउने भयो !

स्पोर्ट (ईएसपीएन मार्फत) का अनुसार, बार्सिलोनाले बायर्न म्युनिख स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्नका लागि सम्भावित सट्टा-पट्टा सम्झौता जर्मन च्याम्पियनलाई प्रस्ताव गर्न सक्छ।

बार्सिलोना पोलिश पोचारका लागि सम्झौताको एक भागको रूपमा म्यूनिखलाई फुल-ब्याक सर्जिनो डेस्ट प्रस्ताव गर्न इच्छुक रहेको बुझिएको छ। ला लिगा दिग्गजहरू यस गर्मीमा स्थानान्तरण बजारमा भूकम्प मच्चाउँन चाहन्छ। Forbes.com को अनुसार, आन्ड्रेअस क्रिस्टेनसन र एर्लिंग हालाण्ड पनि यस गर्मीमा क्याटालान क्लबका लागि चासोको विषय रहेको छ।

लेवान्डोस्की हालैका वर्षहरूमा विश्वको उत्कृष्ट खेलाडी मध्ये एकको रूपमा रहेका छन्। विशेषगरी उनको गोलको सङ्ख्या अनुसार उनको आसपास पनि कुनै खेलाडी रहेका छैनन्। पोलिश स्टारले गत मंगलबार पेनाल्टी मार्फत गोल गर्दै स्विडेनलाई २-० ले पराजित गर्न मद्दत गर्दै पोल्याण्डलाई विश्वकपमा छनोट गराउन सफल भए।

जर्मन क्लबसँग उनको सम्झौता २०२३ मा समाप्त हुने भएकोले पनि पूर्व डर्टमण्ड स्टारको भविष्य अहिले चर्चाको विषय बनेको छ र क्लबसँग सम्झौता नवीकरण गर्न कुनै वार्ता सुरु पनि भएको छैन। यस्तोमा, यदि बुन्डेसलिगा टोलीले रोबर्ट लेवान्डोस्कीबाट केही रकम बनाउन चाहन्छ भने उनीहरुले आउँदो समरमा नै उनलाई बेच्नु पर्नेछ। अन्यथा ‘फ्री मार्केट’ को नयाँ बादशाहले पोलिश स्टारलाई उडाउन सक्छ।

यसैबीच, थुप्रै रिपोर्टहरूका अनुसार, लेवान्डोस्कीले पहिले नै स्पेन जानको लागि ओके भनेका छन् र जाभीको रोमाञ्चक नयाँ परियोजनामा सामेल हुन इच्छुक छन्। अमेरिकी फुलब्याक डेस्ट २०१९ मा आज्याक्सबाट बार्सिलोना प्रस्थान गरेदेखि नै बुन्डेसलिगा च्याम्पियनहरूको लागि लक्ष्य रहेका थिए। त्यसैले पनि बायर्न २१-वर्षीय स्टार सहितको लेवान्डोस्कीका लागि प्रस्तावहरू सुन्न इच्छुक हुन सक्छ।

प्रकाशित : सोमबार, चैत २१, २०७८११:२९

पेड्रिको त्यो मोहक गोल जसले सेभिल्लालाई घुँडा टेकायो [भिडियो सहित]