निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज ३५ दिन यता कै सस्तो भयो !

लगातार हप्ताको दोस्रो दिन पनि सुनको भाउ ओरालो लागेको छ। चैत्र महिना लागेदेखि नै लगातार घट-बढ हुँदै आएको सुनको मूल्यमा सोमबार भने गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ। शुक्रबारको तुलानामा आइतबार ४ सयले घटेको छापावाला सुनको भाउ आज सोमबार भने ६ सय रुपैयाँले घटेको हो। आइतबार छापावाला सुन तोलाको ९९ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तेजाबी सुनको मूल्यमा पनि ६ सय रुपैयाँको गिरावट आएको छ। शुक्रबारको तुलनामा ४ सयले घटेर आइतबार तोलाको ९८ हजार ८ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज ६ सयले घटेर तोलाको ९८ हजार २ सय कायम भएको छ।

सुन फागुन १७ गते यता कै सस्तो

सोमबार कायम भएको सुनको मूल्य गत फागुन १७ गते यता कै सस्तो रहेको छ। गत फागुन १७ गते तेजाबी सुनको भाउ तोलाको ९७ हजार १ सय र छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम भएको थियो। त्यसपछिका कुनै पनि दिनमा सुनको भाउ आजको विन्दुमा झरेको थिएन।

चाँदीको मूल्य

सोमबार सुनको मूल्यमा गिरावट आएको दिन चाँदीको भाउ पनि ओरालो लागेको छ। आइतबार तोलाको १३ सय ६० मा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १३ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, चैत २१, २०७८११:१०

नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा पनि दुई कम्पनीका शेयर हुने मालामाल !