उपाधि दौड रोमान्चक हुँदै गर्दा यस्ता छन् लिभरपुल र सिटी दुबैका बाँकी खेल, कसले बाजी मार्ला ?

म्यानचेस्टर सिटी र लिभरपुल बीचको दौडमा शनिबार प्रिमियर लिगको शीर्षमा दुई पटक लिग लिडर परिवर्तन भयो। योर्गेन क्लोपको टोलीले शनिबार साँझ लगातार दशौं खेल जित्दै तालिकाको पहिलो स्थानमा पुगेको थियो।

कुनै समयमा सिटीले लिभरपुल माथि दोहोरो अंकको अग्रता लिएको थियो, यद्यपि रेड्सको हातमा खेलहरू थिए, तर पेप ग्वार्डीओलाको टोलीले बर्नली विरुद्ध सटिक प्रतिक्रिया दिन बाध्य भयो। सिटीले टर्फ मुरमा भएको भिडन्तलाई नियन्त्रण गर्न पहिलो हाफमा दुई गोल गरे र अप्रिल १० मा एटिहाड स्टेडियममा हुने टाइटल-डिसाइडिङ खेल अघि शीर्ष स्थानमा फर्किएको छ।

अर्को हप्ताको नतिजाले प्रिमियर लिग ट्रफीको गन्तव्य निर्धारण गर्न सक्छ। जसपछि सिटीलाई तुलनात्मक रूपमा सहज रन हुनेछ, तर सिजनको अन्त्य र लिभरपुलको लयको दबाब पक्कै पनि रहनेछ। ग्वार्डीओलाको टोलीले अझै वाटफोर्ड, ब्राइटन, लीड्स र न्युक्यासलसँग खेल्नुपर्नेछ। कागजमा तिनीहरूको सबैभन्दा कठिन खेल सिजनको अन्तिम सप्ताहन्तमा वेस्ट ह्यामको यात्रा हुने जस्तो देखिन्छ।

यसैबीच, लिभरपुलका लागि भने बाँकी खेल ट्रिकी रहेको छ। म्यानचेस्टर युनाइटेड र टोटेनह्याम दुबैले एनफिल्ड भ्रमण गर्नुपर्नेछ जबकि क्लोपको टोलीका लागि एभर्टन विरुद्धको खेल पनि बाँकी रहेको छ।

म्यान सिटीको फिक्स्चर 

अप्रिल १० – लिभरपुल (होम)

मिति निर्धारण हुन बाँकी – वुल्फ्स (अवे)

अप्रिल २० – ब्राइटन (होम)

अप्रिल २३ – वाटफोर्ड (अवे)

अप्रिल ३० – लीड्स (अवे)

मे ७ – न्यूकासल (होम)

मे १५ – वेस्ट ह्याम (अवे)

मे २२ – एस्टन भिल्ला (होम)

लिभरपुलको फिक्स्चर 

अप्रिल १० – म्यान सिटी (अवे)

मिति निर्धारण हुन बाँकी – एस्टन भिल्ला (अवे)

अप्रिल १९ – म्यानचेस्टर युनाइटेड (होम)

अप्रिल २४ – एभर्टन (होम)

अप्रिल ३० – न्यूकासल (अवे)

मे ७ – टोटेनहम (होम)

मे १५ – साउथह्याम्प्टन (अवे)

मे २२ – वुल्फ्स (होम)

प्रकाशित : सोमबार, चैत २१, २०७८१४:५१

नेपाल बन्यो त्रिकोणात्मक टि२० च्याम्पियन, दिपेन्द्र सिंह हिरो बने !