३० वर्षपछि ग्रहचक्रमा बन्दैछ यस्तो दुर्लभ योग, यी राशिको भाग्य खुल्नेछ !

वैदिक ज्योतिषशास्त्रका अनुसार हरेक ग्रहले निश्चित अवधिमा राशि परिवर्तन गर्ने गर्छन्। ग्रहको राशि परिवर्तनको कारणले विभिन्न शुभ वा अशुभ योग बन्ने गर्दछ। यो योग कतिपय राशिका लागि शुभ रहन्छ भने कतिपयलाई यसको कारण कठिनाइको सामना गर्नुपर्नेछ। नयाँ वर्ष २०७९ सुरु हुन अब धेरै समय बाँकी छैन। यस नवसंवत्सरमा ३० वर्षपछि शनि र सूर्यको स्थितिका कारण दुर्लभ योग बन्दैछ। अहिले सूर्य शनिको राशि कुम्भ राशिमा विराजमान छ। अर्कोतर्फ शनिदेव पनि आफ्नै स्वामित्व रहेको राशि मकर राशिमा बसेका छन्, जुन योग निकै दुर्लभ रहेको छ। जान्नुहोस् कुन राशिलाई दुबै ग्रहको यो स्थितिबाट फाइदा हुनेछ-

मेष राशि 

यस राशिका मानिसको लागि ग्रहहरुको शुभ संयोग फलदायी रहनेछ। यो समयमा सबै काममा सफलता मिल्नेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। पेसामा कार्यरत व्यक्तिले पदोन्नति पाउन सक्नेछन्। व्यापारमा नयाँ योजनाको थालनी हुन सक्छ। मान-सम्मानमा वृद्धि हुनेछ।

सिंह राशि 

सिंह राशिका लागि सूर्य र शनिको यो योग शुभ रहनेछ। यस समयमा भाग्यको पूर्ण साथ मिल्नेछ। व्यापारमा लाभ हुने संकेत रहेको छ। तलब वृद्धि र पदोन्नतिको सम्भावना छ। व्यापार व्यवसायमा लगानीका लागि समय अनुकूल छ। यस अवधिमा तपाईंले नयाँ कुरा सिक्ने मौका पाउनुहुनेछ।

प्रकाशित : सोमबार, चैत २१, २०७८१६:३४

छिट्टै यस राशिका मानिसले पाउनेछन् पापी ग्रहबाट ठूलो राहत, जीवन हुनेछ सुखमय !