सुरेन्द्र पाण्डे भन्छन् – ‘एमसीसी पास नगरेको भए नेपाल श्रीलंकाको जस्तो हालतमा हुन्थ्यो’

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएका कारण नेपालको आर्थिक संकट टरेको बताएका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पाण्डेले एमसीसी अनुमोदन भएपछि नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुनबाट जोगिएको बताएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२लाई सम्बोधन गर्दै पाण्डेले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगिसकेको हुने बताए। पाण्डेका अनुसार एमसीसी अनुदान स्वीकार नगरेको भए अहिले श्रीलंका जस्तै आर्थिक संकट भोगिरहेको अवस्थामा हुने थियो।

“हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं।”,पाण्डेले भने। पाण्डेले आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको समेत बताए।

उनले भने,”सरकारमा भएको दलले एमसीसी अनुदान स्वीकार गर्ने प्रस्ताव संसदमा लग्यो । दुई तिहाइबाटै सरकार बन्ने भएकाले त्यो पास गर्न सक्थ्यो । हामी प्रतिपक्षले पास गर्छु भन्दै दौडिँदै जान भएन। प्रतिपक्षले बजेट पास गर्न दिन्छ ? एमसीसीको अवस्था पनि त्यस्तै हो।”

प्रकाशित : सोमबार, चैत २१, २०७८२०:१७

“हाम्रो पार्टीप्रति जनताको आकर्षण देखेर एमाले नेताहरु बरबराउन थाले”