सलाहको चुरीफुरी सकिसकेको दावी, भन्छन् – ‘सलाह भन्दा स्टर्लिङ धेरै राम्रो खेल्दैछन्’

एजेन्सी – चेल्सीका पूर्व स्ट्राइकर टोनी कास्करिनोले जारी सिजनमा लिभरपुलका मोहम्मद सलाह भन्दा रहिम स्टर्लिङ राम्रो लयमा रहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कास्करिनोले स्टर्लिङ सलाह भन्दा धेरै राम्रो सिजन बिताइरहेको बताएका हुन्।

टकस्पोर्टको एक कार्यक्रममा बोल्दै कास्करिनोले जारी सिजनमा स्टर्लिङ करियरकै फुटबल खेलिरहेको र सलाह भन्दा राम्रो गरिरहेको दावी गरे। हालको अवस्थामा स्टर्लिङ सलाह भन्दा उत्कृष्ट रहेको कास्करिनोको भनाई छ। कास्करिनोले स्टर्लिङ हालको अवस्थामा धेरै घातक फुटबल खेलिरहेको बताउन छुटाएनन्।

“रहिम स्टर्लिङ घातक लयमा छन्। युरो पश्चात उनी झनै राम्रो गरिरहेका छन्। म्यानचेस्टर सिटीले ज्याक ग्रेलिसलाई अनुबन्ध गर्दा स्टर्लिङ यस्तो मौका पाउँछन् भन्ने लागेको थिएन। तर उनले आफूलाई टोलीमा राम्रोसँग स्थापित गराएका छन्।”,कास्करिनोले भने।

स्टर्लिङले दायाँ र बायाँ दुवै तर्फ राम्रो खेलिरहेको पनि कास्करिनोले बताए। कास्करिनोका अनुसार स्टर्लिङ इंग्ल्याण्डका लागि पनि राम्रो खेलिरहेका छन्। उनी भन्छन्,”दायाँ-बायाँ दुवैतर्फ उनले घातक फुटबल खेलिरहेका छन्। गत साता इंग्ल्याण्डका लागि पनि उनले राम्रो खेलेका थिए। अहिले उनि करियरकै उत्कृष्ट अवस्थामा छन्।”

त्यस्तै कास्करिनोले अफ्रिकन कप पछि मोहम्मद सलाह कम्जोर भएको संकेत पनि गरे। सिजनको शुरुवाती लय सलाहले गुमाइसकेको कास्करिनोको भनाई छ।

“मोहम्मद सलाह सिजनको सुरुमा उत्कृष्ट थिए। अफ्रिकन कप पश्चात भने उनले राम्रो खेल्न सकिरहेका छैनन्। पछिल्लो एक दुई महिना उनले राम्रो खेलेका छैनन्।”,कास्करिनोले भने।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१८:०५

एट्लेटिको म्याड्रिडको डिफेन्सलाई सिटीले बल्लतल्ल तोड्यो, सिटी विजयी !