“मेस्सीसँग खेल्न पाउनु सम्मानको कुरा हो, उनीबाट धेरै कुरा सिक्न पाइरहेको छु”

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले लियोनेल मेस्सी जस्तो खेलाडीसँग खेल्न पाउनु सम्मानको कुरा रहेको बताएका छन्। आरएमसी स्पोर्टलाई अन्तर्वार्ता दिनेक्रममा एम्बाप्पेले मेस्सीसँग खेल्न पाउनु सम्मान र भाग्यको कुरा रहेको बताएका हुन्।

एम्बाप्पेले मेस्सीसँग खेल्न पाउँदा धेरै खुसी लागिरहेको बताए। एम्बाप्पेका अनुसार उनले कहिल्यै पनि मेस्सीसँग खेल्ने कुरा सोचेका थिएनन्। मेस्सीसँग खेल्न पाउँदा धेरै कुरा सिक्न मिलेको बताउन पनि एम्बाप्पेले छुटाएनन्।

“म जहिले पनि भन्छु कि मैले मेस्सीसँग खेल्न पाउँछु होला भनेर कहिल्यै पनि सोचेको थिइन। तर अहिले उनीसँगै खेलिरहेको छु। उनीसँग खेल्नु ठूलो सम्मानको कुरा हो।”,एम्बाप्पेले भने।

मेस्सीसँग खेल्न पाएकै कारण आफूमा धेरै परिवर्तन आएको एम्बाप्पेको भनाई छ। मेस्सी अद्वितीय खेलाडी रहेको र उनीबाट धेरै कुरा सिक्न मिलेको एम्बाप्पेले बताए। मेस्सीसँग खेल्न पाइरहेकोमा एम्बाप्पेले खुसी व्यक्त गरे।

उनले भने,”मेस्सीसँग दिनहुँ खेल्न पाउनु र उनी के गर्न सक्छन् भनेर हेर्न पाउनु भाग्यको कुरा हो। म धेरै खुसी छु। उनीसँग धेरै कुरा सिक्न पाइरहेको छु। उनी एक अद्वितीय खेलाडी हुन्। फुटबल इतिहाँसकै उत्कृष्ट लेजेण्डको रुपमा रहेका उनीसँग खेल्न पाउँदा आफूलाई सुधार्न सकिरहेको छु।”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१७:५१

एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजीको मास्टरप्लान, कप्तान बनाउने योजना !