सन् २०१६ मा सिमोनीले चकनाचुर पारेका थिए गार्डियोलाको सपना ! अहिले लिन सक्लान् बादला ?

एजेन्सी – च्याम्पियन्स लिगमा पहिला नै एक म्यानचेस्टर क्लबलाई पराजित गरिसकेको एट्लेटिको म्याड्रिडको अर्को म्यानचेस्टर क्लबसँग सामना हुँदैछ। म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटी र एट्लेटिको आमने-सामने हुन लागेका हुन्।

यस अगाडी एट्लेटिको र सिटी अफिसियल खेलमा कहिल्यै पनि एकअर्का विरुद्ध खेलेका छैनन्। एट्लेटिको र सिटी बीच पहिलो पटक खेल हुन लागेको भएपनि दुवै क्लबमा प्रशिक्षक भने नौला प्रतिद्वन्दी होइनन्।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनी र सिटीका प्रशिक्षक पेप गार्डियोला यस अगाडी पनि च्याम्पियन्स लिगमा आमने-सामने भइसकेका छन्। दुवै फुटबल प्रशिक्षकको रुपमा एक एक दशक भन्दा बढी समय देखि छन्। सिमोनी सन् २०११ देखि एट्लेटिकोको प्रशिक्षकको रुपमा रहेका छन् भने गार्डियोला सन् २००७ देखि प्रशिक्षणमा लागेका हुन्।

सिमोनी त्यसयता एट्लेटिकोमै रहँदा गार्डियोलाले भने बार्सिलोनाबाट बायर्न म्युनिख हुँदै म्यानचेस्टर सिटी सम्म आइपुगेका छन्। दुवै प्रशिक्षक एक दशक देखि प्रशिक्षणमा रहेको भएपनि यी दुई बीच युरोपियन प्रतियोगितामा कम मात्र भेट भएको छ।

च्याम्पियन्स लिगमा सिमोनी र गार्डियोला बीच सन् २०१६ को सेमिफाइनलमा भेट भएको थियो। त्यसबेला गार्डियोला जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक थिए। त्यसबेला सिमोनीको एट्लेटिकोले गार्डियोलाको बायर्नलाई अवे गोलको आधारमा पराजित गरेको थियो।

बायर्नको घरेलु मैदानमा एट्लेटिको २-१ को गोल अन्तरले पराजित भएपनि एट्लेटिकोको घरेलु मैदानमा १-० ले विजयी भएको थियो। बायर्नको घरेलु मैदानमा एक गोल गर्न सकेका कारण एट्लेटिको च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो।

त्यसअगाडी सिमोनी र गार्डियोला बीच लालिगामा पनि भेट भएको थियो। गार्डियोलाले बार्सिलोना छाड्नु अगाडी सन् २०१२ मा सिमोनीको एट्लेटिकोको सामना गरेका थिए। त्यसबेला बार्सिलोना २-१ को गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१५:३२

इन्स्टाग्राममा नेयमार लेख्छन्-“मैले र-क्सी खाएर जडिया पारामा गोल गरें”