सिमोनीले सिटीलाई पठाए चेतावनी, गत सिजन चेल्सीले हराएको सम्झाए !

एजेन्सी – एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले म्यानचेस्टर सिटीसँग एट्लेटिको आफूहरुसँग भन्दा राम्रा खेलाडीहरु रहेको स्विकार गरेका छन्। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सिमोनीले सिटीसँग एट्लेटिको भन्दा राम्रा खेलाडीहरु रहेको स्विकार गरेका हुन्।

सिमोनीले सिटीसँग राम्रा खेलाडी भएपनि आफूहरु पछि नहट्ने बताउन छाडेनन्। सोमिनीका अनुसार च्याम्पियन्स लिगमा अगाडी बढ्न मात्रै दुई खेल छन् र दुई खेलमा जे पनि हुन सक्छ।

“हामी सबैलाई दबाब छ, तर मलाई लाग्छ कि यो जिम्मेवारीको कुरा हो। मलाई कुनै शङ्का छैन कि सिटीसँग असाधारण खेलाडीहरू छन्। हुनसक्छ उनीहरूसँग हामी भन्दा राम्रो खेलाडीहरू छन्। तर खेल्नु त दुई खेल छ।”,सिमोनीले भने।

राम्रा खेलाडी हुँदैमा राम्रो नतिजा निस्किन्छ भन्ने नरहेको संकेत गर्दै सिमोनीले गत सिजन चेल्सीले च्याम्पियन्स लिग जितेको उल्लेख गरे। गत सिजन सिटी र बायर्न म्युनिखले च्याम्पियन्स लिग जित्ने बढी सम्भावना भएर पनि चेल्सी च्याम्पियन बनेको बताए।

उनले भने,”गत सिजन सिटी र बायर्नसँग राम्रा खेलाडी थिए र उनीहरुले नै च्याम्पियन्स लिग जित्ने बढी सम्भावना थियो। तर के भयो ? चेल्सी च्याम्पियन बनेन ?”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८११:४०

एम्बाप्पे रियल आए दुई जना मिलेर अहिले भन्दा तीन गुणा बढी गोल गर्ने दाबी, जो आए पनि बजाउने !