ओलीको ठोकुवा – ‘तीनै तहमा एमालेको सरकार बन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमतसहित विजयी भएर सरकार बनाउने दाबी गरेका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले तीनै तहको निर्वाचनमा एमाले विजयी भएर सरकार गठन गरेपछि सबैको राम्रो दिन आउने दाबी गरेका छन् ।

‘आगामी तीनै तहको निर्वाचनमा देशैभरि एमाले विजयी हुन्छ । त्यसपछि हामीले सरकार गठन गर्छौं । सुखी नेपाली समृद्ध नेपालको सपना हामीले पूरा गर्छांै, त्यसपछि त सबैका राम्रा दिन आउनेछन्,’ अध्यक्ष ओलीले भने ।

स्थानीय तहको निर्वाचनपश्चात् आफ्नो पार्टीले विजयी भएपछि मुलुक र जनताको राम्रो दिन आउने दाबी ओलीको छ । स्थानीय तहको निर्वाचनपछि हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समेत एमालेकै विजयी हुने र संघीय तथा प्रदेशहरूमा सरकार गठन गरिने उनले बताए ।

‘अहिले त हामी चुनावतिर छौं तपाईहरूले पनि यसो समय निकाल्नुहोला । सके प्रचारप्रसार गर्नुहोला । सक्नुभएन भने भोट हाल्नुहोला । अब मैले योभन्दा धेरै अरू केही भनिरहनुपर्ला जस्तो लाग्दैन । अब कोभिड पनि समाप्त हुँदै छ । हाम्रा राम्रा दिन अब आउन सुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ,’ उनले भने ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८०८:२३

चुनाव नजिकिँदै गर्दा गृहको कडा तयारी, सबै सीडीयोलाई यस्तो निर्देशन !