बार्सिलोना समर्थकलाई जर्सी-कट्टु सबै दिएर पेन्टी मात्र लगाएर कुदे राकिटिक [भिडियो सहित]

आइतबार बार्सिलोनाले सभिल्लालाई १-० ले पराजित गरेको खेलमा पूर्व बार्सिलोना मिडफिल्डर इभान राकिटिक फ्यानले भरिएको नोउ क्याम्पमा पहिलो फर्किए।

२०२० मा बार्सिलोना छाडेर सेभिल्ला पुगेका क्रोएशियन स्टारले कोभिड-१९ महामारीका कारण क्लब समर्थकबाट उचित र योग्य बिदाई पाएका थिएनन्। र राकिटिक गत सिजन फर्किए पनि उनलाई न्यानो स्वागत गर्न नाउ क्याम्प भित्र कुनै प्रशंसक थिएनन्। यसको मतलब आइतबारको खेल बार्सिलोनाका फ्यानहरूका लागि २०१५ मा स्पेनिस दिग्गजहरूसँग ट्रेबल जित्ने ३४ वर्षीय खेलाडीलाई स्वागत गर्ने पहिलो अवसर थियो।

बार्सिलोनाका फ्यानहरूले वार्मअपमा राकिटिचको न्यानो स्वागत गरे र बदलामा उनले खेलपछि आफ्नो जर्सी र सर्ट्स दुबै बार्सिलोना समर्थकलाई दिए। यसको मतलब उनले मैदानको एक छेउबाट ड्रेसिङ रूमसम्म अन्डरवेयर मात्र लगाएर दौडनु परेको थियो।

खेलको हिसाबले भने राकिटिकका लागि यो सुखद पुनरागमन भने कतै रहेन। बार्सिलोना वन्डरकिड पेड्रिले आफ्नो उत्कृष्ट कौशलका साथ क्रोएशियन स्टारलाई चकित पार्दै विजयी गोल गर्न सफल भए, जसको कारण बार्सिलोना सेभिल्लालाई पछि पार्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भयो।

राकिटिकले छ वर्षमा चार ला लिगा सहित ब्लाउग्राना क्लबसँग १३ वटा उपाधि जितेका छन्। राकिटिकले २०१५ मा युभेन्टस विरुद्ध च्याम्पियन्स लिगको फाइनल जितमा पनि गोल गरेका थिए, जुन बार्सिलोना फ्यानबेसले मायापूर्वक सम्झन्छ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८११:०७

सिमोनीले सिटीलाई पठाए चेतावनी, गत सिजन चेल्सीले हराएको सम्झाए !