काठमाडौँ – काठमाडौं महानगरपालिका एक निर्वाचित जनप्रतिनिधिले नेकपा एमाले छाडेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले नेकपा एमाले छाडेका हुन्।
श्रेष्ठ एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। स्थानीय तह चुनावमा श्रेष्ठ नेकपा एमालेको तर्फबाट वडा नम्बर २४ को अध्यक्ष पदका उम्मेदवार थिए। त्यसबेला उनी विजयी भएका थिए।
एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा उनी एमालेमै अड्किएका थिए। तर स्थानीय निर्वाचन नजिकिँदै गर्दा उनी एकीकृत समाजवादी प्रवेश गरे। श्रेष्ठलाई माधव नेपालले मंगलबार पार्टी प्रवेश गराए।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन नजिक आइरहेको अवस्थामा नेकपा एमालेमा छुटेका समाजवादीमा प्रवेश गरिरहेका छन् भने पहिला समाजवादीमा पुगेका नेताहरु एमालेमा फर्किरहेका छन्।