एट्लेटिको विरुद्धको खेल अघि पेप भन्छन्-“मैले मैदानमा १२ जना खेलाडी उतार्नेछु”

पेप ग्वार्डियोलाले म्यानचेस्टर सिटीले मंगलबार एट्लेटिको म्याड्रिड विरुद्ध च्याम्पियन्स लिगमा १२ खेलाडीका साथ खेल्ने ठट्टा गरेका छन्। इंग्लिस र स्पेनिस च्याम्पियन्स क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टरमा भिड्दैछन्।

ग्वार्डियोलाले डिएगो सिमोनको टोली विरुद्धको भिडन्तको लागि नयाँ रणनीति ल्याउनु पर्ने कुरा स्वीकार गरे, तर उनले आफ्नो पूर्व क्लब बायर्न म्युनिखबाट प्रेरणा लिन सक्छ, जसले फ्रेइबर्गको विरुद्ध छोटो अवधिको लागि संयोगवश १२ खेलाडी फिल्ड गरेको थियो।

के भने सिटी प्रशिक्षकले ?

“च्याम्पियन्स लिगमा म सधैं धेरै सोच्दछु,” ग्वार्डिओलाले पत्रकार सम्मेलनमा भने, “नयाँ रणनीति, भोलि तपाईंले नयाँ देख्नुहुनेछ। म धेरै सोच्दछु, त्यसैले मैले च्याम्पियन्स लिगमा धेरै राम्रो नतिजाहरू पाएको छु। म सधैं एउटै तरिकाले खेले भने यो बोरिंग हुनेछ। यदि मानिसहरूलाई लाग्छ कि म एट्लेटिको र लिभरपुल विरुद्ध एकै तरिकाले खेल्छु भने, मलाई त्यो मन पर्दैन। खेलाडीहरू सबै फरक व्यक्तित्वका साथ फरक हुन्छन्। त्यसैले म अति सोच्छु र मूर्ख कार्यनीतिहरू सिर्जना गर्दछु। आज राती म एक प्रेरणा लिन्छु र म भोलि अविश्वसनीय रणनीतिहरू बनाउन जाँदैछु। हामी भोलि १२ खेलाडीसँग खेल्छौं!”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१७:३३

“मेस्सीसँग खेल्न पाउनु सम्मानको कुरा हो, उनीबाट धेरै कुरा सिक्न पाइरहेको छु”