काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ५ वृद्धि गरेको हो । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १६०, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु १४३ पुगेको छ।
त्यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाउने निर्णय गरेको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढ्नेछ। यस वृद्धिसँगै खाना पकाउने ग्यासको मूल्य १६ सय पुगेको छ।
सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको कारण मूल्य वृद्धि गरिएको निगमको भनाई छ।