फेरी घट्यो सुनको मूल्य, ३७ दिन यता कै सस्तो भयो !

लगातार हप्ताको पहिलो दिन दुई ओरालो लगेर मंगलबार उकालो लागेको सुनको भाउ आज पुन: ओरालो लागेको छ। चैत्र महिना लागेदेखि नै लगातार घट-बढ हुँदै आएको सुनको मूल्यमा बुधबार भने सामान्य गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबारको तुलानामा मंगलबार १ सयले बढेको छापावाला सुनको भाउ आज बुधबार भने ३ सय रुपैयाँले घटेको हो। मंगलबार छापावाला सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैयाँको गिरावट आएको छ। सोमबारको तुलनामा १ सयले बढेर मंगलबार तोलाको ९८ हजार ३ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज ३ सयले घटेर तोलाको ९८ हजार कायम भएको छ।

सुन फागुन १७ गते यता कै सस्तो

बुधबार कायम भएको सुनको मूल्य गत फागुन १७ गते यता कै सस्तो रहेको छ। गत फागुन १७ गते तेजाबी सुनको भाउ तोलाको ९७ हजार १ सय र छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम भएको थियो। त्यसपछिका कुनै पनि दिनमा सुनको भाउ आजको विन्दुमा झरेको थिएन।

चाँदीको मूल्य

बुधबार सुनको मूल्यमा गिरावट आएको दिन चाँदीको भाउ पनि ओरालो लागेको छ। मंगलबार तोलाको १३ सय ४० मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १३ सय ३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८११:००

नयाँ वर्ष लाग्ने बित्तिकै आउने भयो लघुवित्तको आईपीओ, यति धेरैको चम्किने भयो भाग्य !