यस्ता मानिस माथि हुन्छ सबैभन्दा शुभ ग्रहको विशेष कृपा, मिल्नेछ खुब धन लाभ !

ज्योतिषशास्त्र जस्तै, अंक ज्योतिषमा पनि एक व्यक्तिको भविष्यको आंकलन गरिन्छ। अंक ज्योतिषमा, मूलांक व्यक्तिको जन्म मितिबाट गणना गरिन्छ। त्यसपछि व्यक्तिको स्वभाव, करियर र वैवाहिक जीवन बुझिन्छ। महिनाको ३, १२, २१ वा ३० तारिखमा जन्मेका मानिसहरूको मूलांक ३ हुन्छ। अंकशास्त्र अनुसार यस मूलांकका स्वामी गुरुदेव बृहस्पति हुनुहुन्छ। जान्नुहोस मूलांक ३ मा जन्मेका मानिसहरुको स्वभाव –

मूलांक ३ का मानिसहरुको स्वभाव 

मूलांक ३ का व्यक्तिहरू साहसी, स्वतन्त्रता प्रेमी, बुद्धिमान र महत्वाकांक्षी हुन्छन्। जुनसुकै परिस्थितिको सामना गर्न सधैं तयार हुन्छन्। तिनीहरू स्वभावले अलि जिद्दी हुन्छन्। भनिन्छ, यी मानिसहरू आफूले गर्न लागेको काम पूरा गरेपछि मात्रै राहतको सास फेर्न्छन्। यी व्यक्तिहरू आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सक्षम हुन्छन्। उनीहरुलाई आफ्नो जीवनमा कसैको हस्तक्षेप मन पर्दैन। उनीहरु सबै कुरा आफ्नै तरिकाले गर्न रुचाउँछन्।

शुभ दिन वा मिति  

कुनै पनि महिनाको ३, १२, २१ वा ३० तारिखमा जन्मेका मानिसहरूको मूलांक ३ हुनेछ। यस्ता व्यक्तिका लागि बिहीबार र आइतबार शुभ दिन मानिन्छ। कुनै पनि काममा सफलता पाउनको लागि यी व्यक्तिले यी मिति र दिन काम गर्दा शुभ हुन्छ।

वैवाहिक जीवन

अंकशास्त्र अनुसार मूलांक ३ हुनेहरुको पारिवारिक जीवन सुखमय रहन्छ। साथीभाइसँग राम्रो सम्बन्ध रहनेछ। मूलांक ३ भएका मानिस र मूलांक ६ र् ९ भएका मानिस बीच निकै राम्रो सम्बन्ध हुन्छ। यद्यपि यी व्यक्तिहरूलाई प्रेम सम्बन्धमा खासै सफलता मिल्दैन।

शुभ रंग 

पहेँलो, रातो र सुन्तला रङ मूलांक ३ का निवासीहरूका लागि शुभ मानिन्छ। घर र अफिसमा यी रंगहरू प्रयोग गर्नु शुभ मानिन्छ। यसो गर्नाले सौभाग्य मिल्ने र उन्नतिको सम्भावना हुने विश्वास रहेको छ। बिहीबार पहेँलो रंग धारण गर्नु शुभ मानिन्छ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१६:२३

भोलिको दिन निकै शुभ रहनेछ यी राशिलाई,गुरु ग्रहको कृपाले बन्नेछ हरेक काम !