यस्ता ५ व्यक्तिले पिउनु हुँदैन दुध, अन्यथा हुनसक्छ गम्भीर समस्या !

बाल्यकालदेखि नै दुध पिउनुका धेरै फाइदाहरु हामी सबैले सुनेको हुनुपर्छ। दुधमा क्याल्सियम, भिटामिन ए, के र बी१२ का साथै थायमिन र निकोटिनिक एसिड जस्ता पोषक तत्वहरू पाइन्छ, जसले यसलाई पूर्ण आहार बनाउँछ। दैनिक दुध पिउनाले कब्जियत, तनाव, अनिद्रा, थकान र कमजोरीबाट टाढा रहन्छ भन्ने विश्वास गरिन्छ। यति मात्र होइन, दुधमा पाइने क्याल्सियमलाई दाँत र हड्डी बलियो बनाउन पनि आवश्यक मानिन्छ। तर के तपाईंलाई थाहा छ दुध सबैका लागि फाइदाजनक हुँदैन? कतिपय मानिसका लागि दुधको सेवन निकै हानिकारक पनि हुनसक्छ। आउनुहोस् जानौं कि कस्ता व्यक्तिहरू दुधको सेवनबाट टाढा रहनुपर्छ।

फ्याटी लिभर

फ्याटी लिभरको समस्याबाट पीडित व्यक्तिले दुध पिउनु हुँदैन, यस्ता व्यक्तिले दुध सजिलै पचाउन सक्दैनन्। फ्याटी लिभरबाट पीडित व्यक्तिहरूलाई धेरै सीमित मात्रामा प्रोटिन लिन सल्लाह दिइन्छ र दुधमा प्रोटिन प्रशस्त हुन्छ। यस्तो अवस्थामा दुध पिउनाले अपच, एसिडिटी, ग्यास, आलस्य, थकान, तौल बढ्ने वा घट्ने जस्ता समस्या हुन सक्छ।

ग्यासको समस्या 

दुधमा ल्याक्टोज हुन्छ, जसले कहिलेकाहीँ पाचनलाई बिगार्छ। जसका कारण धेरै दुध पिउनाले झाडापखाला, पेट फुल्ने वा ग्यास हुन सक्छ। ग्यासको समस्या भएकाहरूले दुधको सेवन नगर्न चिकित्सकहरूले सुझाव दिन्छन्।

एलर्जी 

कतिपयलाई दुधबाट पनि एलर्जी हुन्छ। यसको कारण पनि ल्याक्टोज हो। यस अवस्थामा, यसले प्रतिरक्षा प्रणालीलाई असर गर्न सक्छ। जसका कारण छालामा चिलाउने, सास फेर्न गाह्रो हुने वा शरीर सुन्निने हुनसक्छ। त्यसैले, कसैलाई एलर्जीको समस्या छ भने दुध पिउनु हुँदैन।

मोटोपना 

यदि तपाईं मोटोपनबाट हैरान हुनुहुन्छ भने थोरै भन्दा थोरै दुधको सेवन गर्नुहोस्। किनभने दुध एक पूर्ण आहार हो तर दुधको सेवनले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ।

छाला सम्बन्धि समस्या 

बढी मात्रामा दुध पिउनु पनि छालाको लागि फाइदाजनक हुँदैन, यसले पिम्पल निस्कने सम्भावना बढाउँछ र चाउरीपनको समस्या पनि निम्त्याउन सक्छ, यस्तो अवस्थामा यसलाई कम मात्रामा मात्र सेवन गर्नुहोस्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१६:५१

मृगौला रोगी र मृगौला प्रत्यारोपणकाहरु क्यान्सरको उच्च जोखिममा !