रियल म्याड्रिडका स्टार थिबाउट कोर्टोइस बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिड र चेल्सी भिड्दा पूर्व क्लब चेल्सी फर्किनेछन्। थिबाउट कोर्टोइसले पूर्व क्लब चेल्सीसँग पुनर्मिलन हुनु अघि रियल म्याड्रिडसँग च्याम्पियन्स लिग जित्ने आफ्नो इच्छाको बारेमा कुरा गरेका छन्।

लस ब्लान्कोस बुधबार आफ्नो क्वार्टरफाइनलको पहिलो लेगको लागि स्ट्यामफोर्ड ब्रिजमा यात्रा गर्नेछ। गत वर्षको सेमिफाइनलमा पनि यी दुई टोली आमने-सामने भएका थिए, जुन खेल थोमस टुचेलको टोलीले अन्ततः ट्रफी उठाउनु अघि समग्रमा ३-१ ले जितेका थिए। आफ्नो करियरमा थुप्रै व्यक्तिगत अवार्ड जितेपनि कोर्टोइस कहिल्यै पनि युरोपियन च्याम्पियन बनेका छैनन् र बेल्जियम स्टपरले यस सिजनको बारेमा केहि गर्ने लक्ष्य राखेका छन्।
लन्डनमा पहिलो लेगको खेल अघि म्याड्रिडको आधिकारिक वेबसाइटमा बोल्दै, कोर्टोइसले भने: “मैले धेरै ट्रफीहरू जितेको छु, तर च्याम्पियन्स लिग क्लब फुटबलमा सबैभन्दा ठूलो हो र मैले अहिलेसम्म जितेको छैन। मैले सन्यास लिनु अघि यो जित्नु पक्कै पनि मेरो लागि विशेष हुनेछ। मसँग अझै समय छ। म मेरो सपनाहरू पछ्याउने प्रयास गरिरहनेछु र च्याम्पियन्स लिग ती मध्ये एक हो। साहसिक कार्य जारी छ।”

२९ वर्षीय स्टार सन् २०१४ च्याम्पियन्स लिगको फाइनलमा एट्लेटिको म्याड्रिडबाट खेल्दा उपविजेता बनेका थिए, संयोगवश लिस्बनमा आफ्नो वर्तमान टोलीसँग हारेका थिए। कोर्टोइसले २०१८ मा सान्टियागो बर्नाबेउ जानु अघि चेल्सीका लागि सबै प्रतियोगिताहरूमा १५४ खेल खेलका थिए। यस्तोमा उनले चेल्सी समर्थकबाट न्यानो स्वागतको आशा भने गरेका छैनन्।
“मलाई आशा छ कि स्ट्यामफोर्ड ब्रिजमा यो सुखद फिर्ता हुनेछ,” उनले भने, “हामी अहिले प्रतिद्वन्द्वी हौं। तिनीहरू जित्न चाहन्छन् र मेरो लागि पनि त्यस्तै हुन्छ र त्यसैले म फ्यानहरूबाट कुनै तालीको आशा गर्दिन। तर यो आशा छ कि उनीहरुले मेरो आलोचना गर्ने छैनन्, तर भन्न सकिन्न।”

