गत सिजन चेल्सीले चकनाचुर पारेको थियो रियलको सपना ! लिन सक्ला बदला ?

एजेन्सी – गत सिजन रियल म्याड्रिड च्याम्पियन्स लिग जित्ने योजनामा थियो। तर रियलको योजनामा चेल्सी बाधक बन्यो। च्याम्पियन्स लिगको सेमिफाइनलमा भेट हुँदा चेल्सीले रियललाई मात्र हराएन च्याम्पियन्स लिग नै जित्यो।

सेमिफाइनलको पहिलो लेग रियल म्याड्रिडको घरेलु मैदानमा भएको थियो। सो खेल १-१ को बराबरीमा टुंगिन पुग्यो। तर चेल्सीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा भने चेल्सीले उत्कृष्ट प्रदर्शन गर्यो। चेल्सीले रियलको पोस्टमा दुई गोल गर्दा रियलले एक गोल पनि गर्न सकेन। रियल समग्रमा १-३ को गोल अन्तरले चेल्सीसँग पराजित भयो।

गत वर्ष रियल र चेल्सी बीच इतिहाँसमै पहिलो पटक च्याम्पियन्स लिगमा आमने-सामने भएका थिए। पहिलो पटककै भेटमा हार बेहोरेको पिडा रियल म्याड्रिडसँग छ। यस पटकको च्याम्पियन्स लिगमा पनि यी दुई आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमै यी दुई बीच भेट हुन लागेको हो। पहिलो लेग चेल्सीको घरेलु मैदानमा आज राति हुँदैछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

आज हुने खेलमा रियल गत सिजनको बदला लिने दाउमा हुनेछ भने चेल्सी घरेलु मैदानको फाइदा उठाउने योजनामा हुनेछ। च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलले पेरिस सेन्ट जर्मेन(पिएसजी)जस्तो टोलीको सामना गरेर अगाडी बढेको हुँदा रियल विरुद्ध चेल्सी अन्डरडगको रुपमा मैदानमा उत्रनेछ। चेल्सी भने अन्तिम १६मा इटालियन क्लब लिललाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित : बुधबार, चैत २३, २०७८१४:४१

एम्बाप्पे अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडलाई यस्तो सुझाव !