एम्बाप्पे अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडलाई यस्तो सुझाव !

पूर्व फ्रान्सेली खेलाडी इमानुएल पेटिटले म्यानचेस्टर युनाइटेडलाई पेरिस सेन्ट-जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेको जुनमा सम्झौता सकिएपछि अनुबन्ध गर्न सुझाव दिएका छन्। पेरिसमा एमबाप्पेको भविष्य लामो समयदेखि चर्चामा रहेको छ।

इएसपीएनका अनुसार गत समर २३ वर्षीय स्टार खेलाडी पीएसजी छाडेर रियल म्याड्रिड जाने प्रयास गरेका थिए तर उक्त प्रयास सफल हुन सकेन। यद्यपि, सिजनको अन्त्यमा एम्बाप्पेको सम्झौता सकिएपछि, क्लबले खेलाडीको निर्णयमा कुनै रोकतोक गर्न सक्दैन, यसको मतलब उनी कुनै पनि क्लबमा सामेल हुन स्वतन्त्र हुनेछन्।

फ्रेन्च स्टारलाई अनुबन्ध गर्ने दौडमा म्याड्रिड अग्रपंक्तिमा रहँदा (मार्का मार्फत), एमबाप्पेले भर्खरै दावी गरेका छन् कि “त्यहाँ नयाँ तत्वहरू छन्” जुन उनको अन्तिम निर्णय गर्नु अघि विचार गर्नुपर्छ। यसैबीच, पेटिटका अनुसार “तेस्रो क्लब” (पेरिस सेन्ट-जर्मेन र म्याड्रिड बाहेक) पनि एम्बाप्पेको हस्ताक्षर सुरक्षित गर्ने दाउमा रहेको छ।

Genting क्यासिनो (एक्सप्रेस मार्फत) मा बोल्दै, १९९८ विश्वकप विजेताले भने, “उनी पीएसजीमा एक लिडर हुन्। त्यहाँ ठूला चर्चा छन् [उसको भविष्यको बारेमा] र ठूला अनुमानहरू – पीएसजीमा बस्ने कि छोड्ने? उनले भर्खरै नयाँ तत्वहरू रहेको बताएका छन्, त्यसैले उनलाई अनुबन्ध गर्न तेस्रो क्लब हुन सक्छ। यो अनुमान छ कि यो इङ्गल्याण्ड वा जर्मनीको एक क्लब हो। यो बार्सिलोना होइन। यस्तोमा, रियल म्याड्रिड, पीएसजी र सायद बायर्न म्युनिख हुनसक्छ, तर के तिनीहरूसँग पैसा छ? के यो बायर्न म्युनिखको नीति हो?”

पूर्व आर्सनल र चेल्सी मिडफिल्डरले त्यसपछि म्यानचेस्टर युनाइटेडलाई २३ वर्षीय फ्रान्सेली सुपरस्टारलाई अनुबन्ध गर्न प्रयास गर्न आग्रह गरेका छन्। उनले भने, “सायद इङ्गल्याण्डमा एउटा क्लब छ। मानिसहरू म्यानचेस्टर सिटी र लिभरपुलको बारेमा कुरा गरिरहेका छन्, तर किन म्यानचेस्टर युनाइटेड छैन। मलाई थाहा छ किलियन आफ्नो शहर, प्रशंसक, परिवार र साथीहरूसँग धेरै जोडिएको छ – त्यसैले यो उनको लागि ठूलो निर्णय हो। यदि पीएसजीले उनलाई रहन मनाउछ र उनी नयाँ प्रोजेक्टको केन्द्रबिन्दु हुनेछन् भने, एमबाप्पेलाई राख्न पर्याप्त हुन सक्छ, तर यो धेरै गाह्रो हुनेछ।”

प्रकाशित : बुधबार, चैत २३, २०७८१५:५९

युनाइटेड टिममेटलाई रोनाल्डोको आग्रह-“टप ४ सम्भव छ, अन्तिम साससम्म लडौं”