अप्रिल महिना धेरै ज्योतिषीय घटनाहरूले भरिएको हुन्छ। हिन्दू नयाँ वर्ष विक्रम संवत् २०७९ वैशाखको शुरुमा नै सुरु हुन्छ । चैत्र शुक्ल पक्षको प्रतिपदा तिथिदेखि नवरात्र सुरु हुन्छ । यो महिना सबै ९ ग्रहको राशि परिवर्तन हुनेछ । जसमा शनि, बृहस्पति र राहु-केतु जस्ता प्रमुख ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्। साथै महिनाको अन्तिम दिन अर्थात् अप्रिल ३० मा सन् २०२२ को पहिलो सूर्यग्रहण लाग्नेछ। यो वर्ष कुल २ वटा सूर्यग्रहण हुनेछन् । दोस्रो सूर्यग्रहण अक्टोबर महिनामा लाग्नेछ। ज्योतिषशास्त्रको दृष्टिकोणले ग्रहको राशि परिवर्तन र ग्रहण धेरै महत्त्वपूर्ण खगोलीय घटना हो, जसले देश र विश्वका सबै मानिसहरूमा प्रभाव पार्छ।
सन् २०२२ को पहिलो सूर्यग्रहण
वर्षको पहिलो सूर्यग्रहण ३० अप्रिल २०२२ मा लाग्दैछ। यो सूर्यग्रहण मेष राशिमा लाग्नेछ। यो सूर्यग्रहण आंशिक हुनेछ। ३० अप्रिलको मध्यरातमा १२:१५ मा सुरु हुनेछ र १ मेको बिहान ४:०७ मा समाप्त हुनेछ। आंशिक सूर्यग्रहणका कारण यसको सुतक अवधि मान्य हुनेछैन। यो वर्षको पहिलो ग्रहण प्रशान्त महासागर, एट्लान्टिक, अन्टार्कटिका र दक्षिण अमेरिकामा देखिनेछ ।
यी चार राशिमा ग्रहणको प्रभाव
ज्योतिषशास्त्रमा ग्रहण लाग्नु शुभ मानिदैन । सूर्य सबै ग्रह र सम्पूर्ण ब्रह्माण्डको केन्द्र बिन्दु हो। सूर्यलाई पिताको दर्जा मानिन्छ । ग्रहणको समयमा सूर्य देवता दुःखको अवस्थामा रहन्छन्। जसकारण ग्रहणको समयमा केही समयको लागि तिनीहरूको सबै प्रभाव र शुभ फल कम हुन्छ। ग्रहणको प्रभाव सबै राशीमा पर्ने भए पनि वैशाख ३० गते हुने सूर्यग्रहण केही राशिका लागि शुभ रहनेछ ।
वृष राशि
वर्षको पहिलो सूर्यग्रहणको प्रभाव वृष राशिका मानिसमा देख्न सकिन्छ । यो राशिका मानिसमा ग्रहणको शुभ प्रभाव रहनेछ । काममा आउने बाधा अड्चन हट्नेछन् । आर्थिक स्थितिमा सुधार आउनेछ । धन आर्जनका धेरै अवसरहरू प्राप्त हुनेछन्। पैतृक सम्पत्तिबाट लाभ हुने सम्भावना छ ।
कर्क राशि
कर्कट राशिका मानिसहरुमा सूर्यग्रहणको शुभ प्रभाव पर्नेछ । रोजगारीका लागि यो कुनै वरदानभन्दा कम छैन । योजनामा सफलता मिल्नेछ । मान-सम्मानमा वृद्धि हुनेछ। यात्रामा प्रशस्त लाभ मिल्नेछ ।
तुला राशि
तुला राशि हुने व्यक्तिलाई ग्रहणको प्रभावले भाग्यमा वृद्धि हुने संकेत गर्दछ । राम्रो कामको अवसर मिल्नेछ। व्यापारमा लाभ मिल्ने संकेत छ । लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।
धनु राशि
धनु राशि भएका व्यक्तिका लागि यो सूर्यग्रहण वरदानभन्दा कम हुनेछैन । लाभको अवसर आउन थाल्नेछ। समय अनुकूल रहनेछ। सरकारी काममा सफलता मिल्नेछ । भाग्यको पूर्ण सहयोग मिल्नेछ । आर्थिक स्थितिमा पहिलेको तुलनामा प्रगति हुनेछ।