जिदानका कारण एकाएक एम्बाप्पेको यु-टर्न, रियललाई नसोचेको झड्का !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन(पिएसजी)मा यस सिजनको अन्त्य सम्मका लागि मात्रै सम्झौता छ। एम्बाप्पे जनवरी देखि नै विश्वका जुन सुकै क्लबसँग अग्रिम सम्झौता गर्न खुला भइसकेका छन्। नयाँ सम्झाता नगरेको खण्डमा एम्बाप्पे यस सिजनको अन्त्यमा बिना कुनै शुल्क अन्यत्र जान पाउनेछन्।

एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडका ठूला फ्यान हुन्। रियलबाट खेल्ने उनको ठूलो सपना छ। सो सपनाकै कारण उनले गएको सिजनको अन्त्यमा रियल जाने प्रयास गरेका थिए। उनको आग्रहमै त्यसबेला रियलले पिएसजीलाई २ सय मिलियन युरो सम्मको अफर गरेको थियो। तर पिएसजीले सो प्रस्ताव अस्विकार गरिदिएको थियो।

पिएसजीका लागि च्याम्पियन्स लिग जित्ने एम्बाप्पेको योजना यस सिजनका लागि सकिसकेको छ। यस्तोमा उनले पिएसजी छाड्ने पक्का-पक्कै जस्तै भएको धेरैको बुझाई छ। एम्बाप्पे यस सिजनको अन्त्यसँगै रियल जाने अनुमान गरिन्छ। यधपी फ्रेन्च मिडियाहरुको दावीलाई मान्ने हो भने एम्बाप्पेको मन एकाएक बदलिएको छ।

रियल जाने मुडमा रहेका एम्बाप्पे केहि समयका लागि पिएसजीमै रहन तयार भएको फ्रेन्च मिडियाहरुको दावी छ। एम्बाप्पे केहि समय पिएसजीमै रहन चाहनु पछाडी जिनेदिन जिदान रहेको बताइन्छ। रियल म्याड्रिड छाडेपछि खालि रहेका जिदान आउने सिजन पिएसजीको प्रशिक्षकको भूमिका निभाउन सक्छन्। जिदान प्रशिक्षकको रुपमा आउने पक्का-पक्कि भएसंग एम्बाप्पेले यु-टर्न लिएको फ्रेन्च मिडियाहरु बताउँछन्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१९:०१

बार्सिलोनालाई काम नलाग्ने भए यी खेलाडी, बिक्री गर्न चाहे प्रिमियर लिग क्लबहरुले किन्ने !