गठबन्धन सरकारलाई ओलीको श्राप ! के भने ?

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफैं कुहिएर झर्ने दावी गरेका छन्। बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले वर्तमान सरकार कोहिसकेको हुँदा आफैं झर्ने दावी गरेका हुन्।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा ओलीले वर्तमान सरकार कुहिएको फल जस्तै रहेको बताए। फल कुहिने बित्तिकै नझरेजस्तै वर्तमान सरकार पनि टिकिराखेको ओलीको भनाई छ। ओलीले वर्तमान सरकारलाई आफूहरुले भने नढल्ने स्पष्ट पारे।

“यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै झर्दैन । मज्जाले कुहिसकेपछि आफैं झर्छ । झर्ने समयसम्म हामीले पर्खनु पर्छ । मर्नै लागेको मान्छेलाई पनि प्वाक्क हानेर मारियो भने मुद्दा लाग्छ । यो सरकारलाई हामी ढाल्दैनौं । आफैं झरोस । आफैं ढलोस ।”,ओलीले भने।

त्यस्तै ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने दावी समेत गरे। अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको ओलीको भनाई छ। उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए।

उनले भने,”खल्तीमा कसैको पैसा हुँदैन। बैंक त्यसैकारण खोलेका हुन्। कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ। नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन। बैंक पैसा दिन सक्ने अवस्थामा छैनन्। यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।”

प्रकाशित : बुधबार, चैत २३, २०७८१९:५२

“म हारे गणतन्त्र सिधिन्छ”