फेरी फुटबलमा फिर्ता हुने अगुएरोको चाहना !

एजेन्सी – अर्जेन्टिनी स्टार सर्जियो अगुएरो यसै सिजन म्यानचेस्टर सिटीबाट फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोना पुगे। बार्सिलोना पुग्दा उनले अनेक सपना देखेका थिए। राष्ट्रिय टोलीमा कयौं वर्षदेखि सँगै रहेका लियोनेल मेस्सीसँग एकै क्लबमा रहेर खेल्ने उनको चाहना थियो। तर अवस्था यस्तो बन्यो कि उनको सो चाहना पूरा नहुने भयो। मेस्सी बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे।

मेस्सीसँग खेल्ने चाहना पूरा नभएपनि अगुएरो बार्सिलोनामै कटिवद्ध थिए। सिजनको शुरुवातमै उनी चोटिल हुन पुगेका थिए। जसकारण उनले कयौं खेल गुमाए। पछि चोटमुक्त भएर अगुएरो मैदानमा फिर्ता त भए, तर पछि उनले कहिल्यै नसोचेको घटना भयो। गत अक्टावेर ३० मा स्पेनिस ला लिगामा एलाभेसविरुद्धको खेलपछि उनी मैदानबाट बाहिरिएका थिए। मुटुमा समस्या देखिएपछि उनको शल्यक्रिया पनि गरियो।

शल्यक्रिया पछि उनको स्वास्थ्यमा सुधार भएपनि फुटबल खेल्न सक्ने अवस्था रहेन। अगुएरोमा देखिएको काडिएयक एरिथमिया सोचे भन्दा गम्भीर देखिएपछि अन्ततः उनले फुटबलबाट सन्यास लिए। फुटबलबाट सन्यास लिएपछि उनी अहिले पनि फुटबललाई “मिस” गरिरहेका छन्। विभिन्न अन्तर्वार्ताहरुमा उनले फुटबललाई कति “मिस” गरिरहेका छन भन्ने बारे बोल्ने गरेका छन्।

हालसालै एक अन्तर्वार्ताका क्रममा अगुएरोले फेरी फुटबल खेल्न पाउने बारे सोच्ने गरेको बताए। फेरी फुटबल खेल्न सक्छु कि भन्ने प्रश्न जहिले पनि आफ्नो मनमा उब्जिने गरेको अगुएरोको भनाई छ। एक अन्तर्वार्ताका क्रममा अगुएरोले भने,”हिजो मेरो दिमागमा झट्ट फेरी फुटबल खेल्न सक्छु कि भन्ने प्रश्न उब्जियो। डाक्टरहरूले मलाई पाँच वा छ महिना आराम गर्न भनेका छन्। यस्तोमा फेरी फुटबल खेल्न सक्छु कि भन्ने कहिले काहिँ लाग्छ। म मनोरञ्जनात्मक रूपमा खेल्न चाहन्छु।”

प्रकाशित : बिहिबार, चैत २४, २०७८०९:४३

बढ्यो सुनको मूल्य ! कति ?