एजेन्सी – च्याम्पियन्स लिगको दावेदार मानिएको जर्मन क्लब बायर्न म्युनिखले बुधबार स्पेनिस क्लब भिल्लारियल विरुद्ध त्यति राम्रो प्रदर्शन गर्न सकेन। बलमा राम्रो पकड राखेर पनि बायर्नले बायर्न विरुद्ध जित निकाल्न सकेन।
बायर्नले बलमा ६२ प्रतिशत पकड बनाएको थियो। बायर्नले खेलभर भिल्लारियललाई दबावमा राखेको थियो। खेलभर बायार्नको तर्फबाट कुल २२ प्रहार भएको थियो। जसमध्ये मात्रै ४ प्रहार टार्गेटमा थिए। ती मध्ये एक प्रहार पनि गोलमा परिणत हुन सकेन। त्यस्तै भिल्लारियलले भने खेलभर मात्रै १२ प्रहार मात्रै गरेको थियो। त्यसमध्ये एक प्रहर मात्र टार्गेटमा थियो र सो प्रहार नै गोलमा परिणत भयो।
भिल्लारियल विरुद्ध बायर्न धेरै समय पछि गोलगर्नबाट चुक्यो। च्याम्पियन्स लिगमा बायर्नले गोल गर्न नसकेको कमै मात्र छ। बायर्नले गएको तीन वर्षमा च्याम्पियन्स लिगका कुनै पनि खेलमा गोलविहिन हुन परेको थिएन।
च्याम्पियन्स लिगमा तीन वर्ष अगाडी गोलविहिन भएयता बायर्नले निरन्तर गोल गर्दै आएको थियो। बायर्न पछिल्लो पटक सन् २०१९ मा लिभरपुल विरुद्धको गोलमा गोलविहिन भएको थियो। त्यसबेला बायर्नले लिभरपुलसँग गोलरहित बराबरी खेलेको थियो।
त्यसयता बायर्नले च्याम्पियन्स लिगमा ३० खेल खेलेको छ। यस बीचमा बायर्नले १ सय १ गोल गरिसकेको छ। सबै प्रतियोगिताको कुरा गर्ने हो भने यस सिजन बायर्नले गोल गर्न नसकेको यो दोस्रो पटक हो।