च्याम्पियन्स लिग यो सिजन करिम बेन्जेमाको प्रतियोगिता साबित हुँदै गएको छ। नम्बर ९ रियल म्याड्रिडका लागि यस सिजन अत्यावश्यक रहेका छन् र उनले बुधबार स्टामफोर्ड ब्रिजमा युरोपेली च्याम्पियन चेल्सी विरुद्ध फेरी मास्टरक्लास प्रदर्शन डेलिभर गरेका छन्।

खलेको पहिलो मिनेट देखि नै उनी कति घातक हुनसक्छन् भन्ने संकेत दिएका थिए र अर्को एक विपक्षीलाई आफ्नो घातक फिनीसिंग र आफू कति उत्कृष्ट छन् भन्ने प्रष्ट रूपमा देखाएका छन्। उनी हाल च्याम्पियन्स लिग, लालिगा हरेक खेलमा रोक्न नसकिने शक्तिको रूपमा रहेका छन्।

२२औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरका लागि उत्कृष्ट बल पास गरे र अवसरको फाइदा उठाउँदै चेल्सीको बक्समा रन बनाए। जसपछि ब्राजिलियन युवा स्टाको निकै राम्रो क्रसलाई सानदार हिडिङ गोलमा परिणत गर्न सफल भए। उनको यो गोल निकै उत्कृष्ट रहेको थियो। उनले आफ्नो दोस्रो गोल तीन मिनेट पछि पाए।

यस पटक लुका मोड्रिचको डिप क्रसले फ्रेन्च सुपरस्टारलाई थोरै मात्र स्पेसमा फेला पार्यो, जसलाई उनले निकै उत्कृष्ट तरिकाले हिडिङ गर्दै अर्को सानदार गोल गर्दै लस ब्लान्कोसको अग्रता दोब्बर पारे। यो २००९ मा रोममा म्यानचेस्टर युनाइटेड विरुद्ध लियोनेल मेस्सीको हेडर जस्तै थियो।
This is it!!!! Beautiful goals from Karim Benzema, Hala Madrid!!! pic.twitter.com/gL5cWmSI58
— Akosuah☆Tuntum 🥀🖤 (@Akosuah_T) April 6, 2022
दोस्रो हाफको एक मिनेटमा नै चेल्सीका गोलकिपर एडुवार्ड मेन्डी र डिफेन्डर एन्टोनियो रुडिगरको गल्तीलाई सदुपयोग गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए। अघिल्लो राउन्डमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र जियानलुइगी डोनारुम्मा विरुद्ध जस्तै, चेस्ली गोलकिपरलाई गल्ती गर्न मजबूर बनाउन बेन्जेमाले मेन्डी माथि दबाब दिएका थिए।

