“बालोन डी’ओरमा बेन्जेमाको नाम अहिले देखिनै लेख्न थाल्दा हुन्छ”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्डले फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा बालोन डी’ओरको लागि अगाडी बढेको बताएका छन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेपनि फर्डिनान्डले बेन्जेमा बालोन डी’ओरका लागि अगाडी बढेको बताएका हुन्।

उत्कृष्ट प्रदर्शनसँगै बेन्जेमा बालोन डी’ओर जित्ने सम्भावना बढेको फर्डिनान्डले बताए। फर्डिनान्डका अनुसार अहिले देखि नै बालोन डी’ओरमा बेन्जेमाको नाम कोर्न थाल्दा हुन्छ।

“बेन्जेमाको यो प्रदर्शनले उनलाई बालोन डी’ओरको वास्तविक हकदार बनाएको छ। अहिले देखि नै बालोन डी’ओरमा बेन्जेमाको नाम लेख्न थाल्दा हुन्छ।”,फर्डिनान्डले भने।

च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध ह्याट्रिक गरेका करिम बेन्जेमाले एकपटक पुनः कमाल गरेका छन्। पिएसजी विरुद्ध १७ मिनेट भित्र ह्याट्रिक गरेका बेन्जेमाले बुधबार राति चेल्सी विरुद्ध पनि ह्याट्रिक गरेका हुन्। बेन्जेमाले चेल्सी विरुद्ध पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरे।

बेन्जेमाले खेलको २१औं मिनेटमा गोलको खाता खोलेका थिए। उनले भिनिसियस जुनियरको पासमा हेडरमार्फत गोल गर्न सफल भए। त्यसको केहि मिनेट नबित्दै बेन्जेमाले रियलको अग्रता दोब्बर पारे। खेलको २४ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरेका थिए। बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत नै व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

त्यस्तै बेन्जेमाले दोस्रो हाफको शुरुवातमै तेस्रो गोल गरे। खेलको ४६ औं मिनेटमा गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरेका थिए। च्याम्पियन्स लिगको जारी सिजनमा बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१०:५८

लेवान्डोस्कीको ‘ग्रिन सिग्नल’ कुर्दै बार्सिलोना !