साल २०७९ भरी क्रुर ग्रह शनिको पनि विशेष कृपा रहन्छ यी ३ राशिमा, मिल्नेछ खुब सफलता !

नयाँ वर्ष २०७९ सुरु भइसकेको छ। वैदिक पंचांगाका अनुसार यस नयाँ वर्षका स्वामी शुक्रदेव र हिन्दू नयाँ वर्षका राजा शनि र मन्त्री गुरु रहन्छन्। यो वर्ष नयाँ वर्ष २०७९ मा डेढ हजार वर्षमा बन्ने धेरै दुर्लभ संयोग बनिरहेका छन्। जसका कारण नव वर्षको महत्व झनै बढेको छ।

धनु राशि 

यस नयाँ वर्ष तपाईंको लागि भाग्यशाली साबित हुन सक्छ। यस वर्षका राजा शनिदेव हुन् र अप्रिल २९ मा शनि कुम्भ राशिमा गोचर हुनेछन्। धनु राशिका व्यक्तिहरूले शनिको साढे सातीबाट मुक्ति पाउनेछन्। यसका साथै आर्थिक अवस्थामा पनि सुधार आउनेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनसक्छ। व्यापारमा लाभ मिल्न सक्छ। नोकर पेसा गर्नेले बढुवा पाउन सक्नेछन्।

मिथुन राशि 

मिथुन राशिका मानिसहरुमा शनिदेवको विशेष कृपा रहनेछ। शनिदेव कुम्भ राशिमा गोचर हुनेबित्तिकै शनि ढैय्याबाट मुक्ति पाउने छन्। शनि ढैय्या हट्ने वित्तिकै व्यापार र काममा सफलता मिल्नेछ। व्यापार विस्तार हुनेछ। विद्यार्थीहरूका लागि यो समय अनुकूल रहनेछ। प्रतियोगी परीक्षाको तयारी गरिरहेका मानिसले शुभ समाचार पाउन सक्छन्।

तुला राशि 

अहिले तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। शनि कुम्भ राशिमा गोचर हुनेबित्तिकै यसबाट मुक्ति मिल्नेछ। अप्रिल २९ मा शनिको राशि परिवर्तन हुनेछ। शनि ढैय्याबाट मुक्ति मिल्ने बित्तिकै करियरमा नयाँ अवसर मिल्नेछ। यस राशिको शासक ग्रह शुक्र हो। शुक्र र शनिको बीचमा मित्रताको भावना छ। त्यसैले नयाँ वर्ष तपाईंको लागि भाग्यशाली साबित हुनेछ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१३:३१

हरेक काममा मै हुँ भन्छन् यी राशिका मानिस, आफैले आफैंलाई मपाईं सोच्छन् !