रेनेसका प्रशिक्षक ब्रुनो जेनेसियोले रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा फुटबलको इतिहासमा उत्कृष्ट खेलाडी मध्ये एकको जस्तै खेलिरहेको विश्वास गर्छन्।
३४ वर्षिय खेलाडी हाल आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट लयमा रहेका छन्, बुधबार च्याम्पियन्स लिगमा चेल्सी विरुद्धको ह्याट्रिकका साथै यस सिजन उनले सबै प्रतियोगितामा ३६ खेलमा ३७ गोल गरेका छन्। यद्यपि, पूर्व लियोन स्ट्राइकरको यस्तो उत्कृष्ट खेल देखेर जेनेसियो भने आश्चर्यचकित छैनन्। रेनेस प्रशिक्षक विश्वास गर्छन् कि उनी जोहान क्रुफको समान स्तरमा छन्, जसलाई फुटबल जगतको अहिलेसम्मकै उत्कृष्ट मध्ये एकको रूपमा लिने गरिन्छ।
क्रुफले लगातार तीनवटा युरोपियन कप ट्रफी जितेका थिए र नेदरल्यान्ड्सलाई विश्वकपको फाइनलमा पुर्याएका थिए, जसले उनलाई खेलमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक बनाएको थियो। “यो हामीले हिजो पत्ता लगाएका हैनौं कि उनी संसारको सर्वश्रेष्ठ मध्ये एक हुन्,” जेनेसियोले भने।
“मेरो लागि, उनी खेलको इतिहासमा उत्कृष्ट मध्ये एक हुन्, क्रुफ वा त्यो स्तरका खेलाडीहरू जस्तै। उनले गर्ने गोलको सङ्ख्या भन्दा बढी उनको गुणस्तरको बारेमा सबैभन्दा धेरै के छ भने, उनको खेल कौशल हो, उनले जे गर्छन् सबै, उनको चाल, उनको निर्णय,” उनले थपे।
बेन्जेमा यो सिजन ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले स्पेनिस लिगमा यस सिजन २४ गोल गरेका छन्, जसले गेटाफेका शीर्ष स्कोरर एनेस उनाल भन्दा १० गोल अगाडी रहेका छन्, जो लालिगा उच्च गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका छन्।