लिभरपुल विरुद्ध उपाधि निर्णायक खेलअघि डे ब्रुइनले गरे यस्तो दाबी !

केभिन डे ब्रुइनले आइतबार प्रिमियर लिगको उपाधिका लागि निर्णायक हुने टाइटानिक भिडन्तमा लिभरपुल विरुद्ध खेल्नु एक ‘विशेषाधिकार’ को रूपमा वर्णन गरेका छन्। दुबै पक्षका लागि उक्त खेलमा जितले उपाधिको दौडमा ठूलो प्रभाव पार्न सक्छ।

आइतबारको खेल पछिल्ला केही वर्षहरूमा प्रिमियर लिगको सबैभन्दा उत्सुकतापूर्वक प्रत्याशित खेलहरू मध्ये हुनेछ किनकि लिभरपुलको जितले उनीहरूलाई सिटीभन्दा एक अंक माथि र शीर्ष स्थानमा लैजानेछ जबकि पेप गार्डियोलाको पक्षको लागि जितले प्रिमियर लिगको अंक तालिका चार अंकको अग्रता दिनेछ।

सिटीका स्टार मिडफिल्डर दुवै पक्ष र प्रिमियर लिगको उपाधि दौडका लागि यो खेल कति महत्त्वपूर्ण छ भन्ने कुरा राम्रोसँग जानकार रहेका छन् तर उनी एटिहाड स्टेडियममा हुने खेलमा पूरा ९० मिनेटको मजा लिन चाहन्छन्। सिटीले जनवरीमा लिभरपुलमाथि १४ अंकको अग्रता बनाएको थियो, तर रेड्सले लगातार १० लिग खेल जित्दै च्याम्पियनसँगको अंक दूरी मात्र एकमा झार्न सफल भएको छ।

“यो साँच्चिकै ठूलो खेल हो,” डे ब्रुइनले म्यान सिटीलाई भने, “मलाई लाग्छ सबैजना यसको लागि पर्खिरहेका छन्। मलाई लाग्छ कि खेलाडीहरूले यी खेलहरू खेल्नलाई विशेषाधिकारको रूपमा लिनेछन्। एक खेलाडीको रूपमा खेल र ट्रफी जित्ने चाहना हुन्छ र यदि त्यसो गर्नु छ भने यस्ता ठूला खेलहरू जित्न आवश्यक छ।”

“तर यदि तपाईं जित्नुहुन्छ, ड्र वा हार्नुहुन्छ, अझै धेरै खेल्न बाँकी छ। हामी राम्रो खेल खेल्ने प्रयास गर्नेछौं र त्यसपछि हामी हेर्नेछौं। यही मानसिकता हो, हामी तीनै [ट्राफी] जित्न चाहन्छौं। यो धेरै गाह्रो हुनेछ, हामीले पहिले राम्रो काम गरेका छौं तर तिनीहरूको गुणस्तर पनि राम्रो छ त्यसैले हामी यसलाई सम्मान गर्नेछौं र कडा मेहनत गर्नेछौं,” उनले भने।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१७:००

रोनाल्डोलाई रुनीको जवाफ-“हो..हो… मेस्सी बाहेक हरेक खेलाडी रोनाल्डोको इर्ष्या गर्छन्”