बार्सिलोनाका खेलाडी भन्छन् – ‘हालाण्डमा लगानी गर्नु बेकार, एम्बाप्पेमा लगानी गर्दा गज्जब हुन्छ’

एजेन्सी – यसै सिजन क्याटलान क्लब बार्सिलोना फिर्ता भएका ड्यानी अल्भेसले युवा स्टार एर्लिङ हालाण्डमा भन्दा किलियन एम्बाप्पेमा लगानी गर्दा राम्रो हुने बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा अल्भेसले हालाण्ड भन्दा एम्बाप्पेमा लगानी गर्न ठीक हुने बताएका हुन्।

अल्भेसले लगानी गर्ने कुरा आफ्नो हातमा भएको खण्डमा पहिलो एम्बाप्पेमा लगानी गर्ने बताए। हालाण्ड भन्दा एम्बाप्पे हरेक पक्षमा पूर्ण रहेको अल्भेसको भनाई छ।

स्पोर्ट र मुन्डो डिपोर्टिभोसँग विभिन्न विषयहरुमा कुराकानी गर्नेक्रममा अल्भेसले भने,”म खेल निर्देशकको रुपमा थिएँ भने म हालाण्डमा ठूलो लगानी गर्ने थिइनँ। इमानदारीपूर्वक भन्नुपर्दा उनीमा त्यत्रो रकम खर्च गर्न नै खोज्दैनथें। एम्बाप्पेमा भने पक्कै लगानी गर्थें। मलाई लाग्छ कि उनी हरेक पक्षमा पूर्ण छन्।”

ठूलो लगानी गर्दा धेरै सोच विचार गर्नुपर्ने अल्भेस मान्छन्। एम्बाप्पे उत्कृष्ट खेलाडी रहेको र बार्सिलोनाको खेल शैलीमा पनि उनी फिट हुने अल्भेसले बताए। त्यसक्रममा उनले एम्बाप्पे जति उत्कृष्ट अहिले कोहि पनि नरहेको बताए।

“यदि तपाईं ठूलो लगानी गर्न जाँदै हुनुहुन्छ भने धेरै सोचविचार गर्नु पर्छ र उत्कृष्ट खेलाडीमा लगानी गर्नुपर्ने हुन्छ। यदि यो मेरो हातमा थियो भने म एम्बाप्पेमा लगानी गर्थें। एम्बाप्पे जति उत्कृष्ट अहिले कोहि छैन र उनी बार्सिलोनाको शैलीमा फिट हुन्छन्।”,अल्भेसले भने।

प्रकाशित : शनिबार, चैत २६, २०७८१९:१०

युनाइटेडको यो हाल, एभर्टनले नै पछार्यो !