• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मङ्गलबार र बुधबार राम्रो भए पनि बाँकी पाँच दिन त्यति राम्रा छैनन् । सुरुका तीन दिनमा स्वास्थ्यसम्बन्धी समस्या परेर अत्यधिक खर्च होला भने पछिल्ला दुई दिनमा बेकारको वादविवाद पर्नेछ । पढाइको स्तर घट्दै आएको छ । बगलामुखीको आराधना गर्नुहोस् ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
स्थिति सप्रिएर आएको छ । अलिकति खर्च त बढ्ला तर त्यसलाई भ्याउन सक्ने आयसमेत गर्नुहुनेछ । पढाइको क्षेत्रमा राम्रो प्रगति होला । आन्तरिक व्यापारभन्दा बाह्य व्यवसायले साथ दिनेछ । परिवारबाट भने त्यति सन्तोष मिल्ने समय छैन ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
सातालाई राम्रो रूपमा लिन सकिन्छ । पुराना बाँकी रहेका धेरै काम बन्नेछन् । स्वास्थ्यको स्थिति पनि सप्रिएर आएको छ । रिस गर्नेहरूको सङ्ख्या क्रमशः घटेर जाला तैपनि मुखबाट वाणी निकाल्दा विचार गर्नुहोस् । जागिरमा ठूलो फलिफाप देखा पर्दैन ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
राम्रो खालको साता छ । सुरुको दिनमा भोजभतेर पर्नुका साथै इष्टमित्रसँग समेत भेटघाट होला तर मित्रवर्गबाट ठूलो सहयोग भने मिल्लाजस्तो छैन । आर्थिक स्थिति राम्रैसित सप्रिएला । गरेका काम ढिलो भए पनि बनेरै जानेछन् । व्यापार, व्यवसायमा राम्रो छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
प्रारम्भका तीन दिनमा खर्च अत्यधिक बढ्नेछ । त्यसपछि भने बिस्तारै सुधार भएर आउला । भोजभतेर प्रशस्त पर्नेछन् । त्यसका लागि खर्च गर्नुपर्ने हुँदा पैसाको बचत देखिन्न । स्वास्थ्यको स्थिति मध्यम मात्र छ । मनमा तर्क र कुतर्क बढी चलिरहला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
समष्टिगत स्थितिमा सुधार आए पनि मनमा भएको शङ्का र भय हट्न भने अझै केही दिन पर्खनु पर्ला । आर्थिक स्थिति बिस्तारै सप्रिएर आएको छ । व्यापारसम्बन्धी काममा भने राम्रो प्रगति होला । पढाइ र लेखाइ दुवैतिर प्रगतिकारक देखिन्छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बुधबारसम्मका दिन राम्रा छन् । यात्रा हुने सम्भावना छ भने त्यसबाट फाइदासमेत होला । विवाह वा प्रेमको विषयमा सफलता नै मिल्नेछ । रिस गर्नेहरू र काम बिगार्न खोज्नेहरू भए पनि हाल तिनीहरूको केही लाग्ने छैन । गणेशको सेवाले खर्चमा नियन्त्रण आउनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साता राम्रो खालको छ । धेरै काम बन्नेछन् । असल काम गर्नेतिर मनको प्रवृत्ति जाला भने गरेका काम सफलसमेत हुनेछन् । आर्थिक स्थिति त्यति नराम्रो छैन । यद्यपि खर्चको मात्रा भने घट्ने देखिन्न । असल काममा नै खर्च हुनाले मनमा खिन्नता हुने स्थिति हाल छैन ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
सुरुका तीन दिनमा चन्द्रमाको स्थिति राम्रो नभएकाले ठूला काम नगर्नुहोस् । मङ्गलबारदेखि मात्र त्यसमा सुधार आउला । व्यावसायिक काममा विशेष रुचि बढिरहेको छ । त्यसैमा लगानी बढाए फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा सोचेको जति प्रगति हुने छैन ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सुरु र अन्त्य राम्रो भए पनि बीचको भागले खिन्नता बढाउला । मानप्रतिष्ठा बढ्ने समय हाल देखिन्न । बन्न बन्न लागेको काममा समेत भाँजो हाल्ने धेरै हुनेछन् । जागिरको क्षेत्रबाट मनमा विशेष निराशा मात्र हुनेछ । कम्मरभन्दा मुनिको भागमा कष्ट भएर खर्च बढ्ला ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बाधा दिनेहरू प्रशस्त छन् । तिनीहरूसँग सङ्घर्ष गरिरहनु पर्नेछ तर हाल तपाईंले पराजय नै देख्नुपर्ने स्थिति भने छैन । सूर्यको आराधनाले यस्ता बाधालाई जित्न सकिनेछ । व्यवसायको क्षेत्रबाट प्रशस्तै लाभ गरिनेछ । पढाइ र लेखाइमा मध्यमस्तरको प्रगति हुनेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनमा डर लागिरहे पनि बिग्रने समय छैन । केही गतिला काम तपाईंको हातमा पर्न सक्छन् । असल काम गर्ने भावना उठ्ला र केही समयसमेत दिनुहुनेछ । व्यापार, व्यवसायबाट मनग्गै लाभ होला । सप्ताहान्तमा मित्रबाट राम्रो सहयोग पाउनु हुनेछ ।