एजेन्सी – शनिबार राति प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्द भयो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेड गोलमा चुक्दा एभर्टन विजयी भयो। एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो।
खेलभर कयौं प्रयास गरेपनि गोल गर्न नसकेका क्रिस्टियानो रोनाल्डो खेल पश्चात धेरै नै आक्रोशित देखिए। त्यसक्रममा उनी एक प्रशंसकको फोन तोड्न पनि पछि परेनन्। एभर्टनविरूद्ध पराजित भएपछि रोनाल्डोले एक समर्थकको फोन तोडेका हुन्।
रोनाल्डोको सो कार्यको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। एभर्टनसँग हारेपछि मैदानबाट निस्कने क्रममा रोनाल्डोले आक्रोशित हुँदै समर्थकको फोन फुटाइदिएको भिडियोमा स्पष्ट देखिन्छ।
भिडियोमा देखिएअनुसार एभर्टनको खेलका दौरान खुट्टाहरुमा चोट लागेका रोनाल्डो खुट्टा खोच्याउँदै आएरहेका बेला एक समर्थक रोनाल्डोको भिडियो बनाइरहेका हुन्छन्। त्यत्तिकैमा रोनाल्डोले ती समर्थकको फोन जमिनमा बजारिदिन्छ्न्।
भिडियो भाइरल भएपछि रोनाल्डोको यति बेला सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ। धेरैले एभर्टन विरुद्ध गोल गर्न नसकेर समर्थक माथि खनिएपछि सामाजिक संजालभर विभिन्न प्रकारका टिका-टिप्पणी भइरहेका छन्।
Clear angle
Ronaldo smashed the kids phone is pretty clear now pic.twitter.com/s1Pn24BXSU
— Hamza (@lapulgafreak) April 9, 2022