काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य पुनः एक पटक एक लाख नाघेको छ। साताको पहिलो दिन नै मूल्य वृद्धि भएसँगै सुनको मूल्य एक लाख नाघेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ३ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन दुई साताकै महँगो
साताको पहिलो दिन नै वृद्धि भएसँगै नेपाली बजारमा सुन दुई साताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य चैत १४ गते(१३ दिन) यताकै महँगो हो।
चाँदीको मूल्य
आज सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

