एम्बाप्पे-नेयमार र मेस्सी तिनै खेलाडीको ह्याट्रिक, पीएसजी उच्च लयमा !

गत दुई खेल देखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) निकै राम्रो लयमा देखा परेको छ। पछिल्लो हप्ता लोरिएन्टलाई ५-१ ले पराजित गर्दा पहिलो पटक मेस-नेयमार-एम्बाप्पेको ट्रियोले नै गोल गरेका थिए। उक्त खेलमा नेयमार र एम्बाप्पेले २-२ गोल गर्दा मेस्सीले एक गोल गरका थिए।

फ्रेन्च महारथीले उक्त लयलाई कायम राख्दै शनिबार क्लर्मन्टलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। पीएसजीको जितमा पुन: नायक बनेका छन् एम.एन.एम ट्रियो। नेयमार र एम्बाप्पेले ह्याट्रिक गर्दा मेस्सीले पनि असिस्टको ह्याट्रिक पूरा गरेका छन्।

गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा एमबाप्पेले मेस्सीकै पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा जोडेलले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ स्थितिमा ल्याए ।

दोस्रो हाफमा पिएसजीले चार गोल थप्दै फराकिलो जित पक्का ग¥यो । ७१औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई ३–१ ले अघि बढाए । ७४औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८०औं मिनेटमा एमबाप्पेले मेस्सीको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा पिएसजी खेलमा ५–१ ले अघि बढ्यो । त्यसको तीन मिनेटपछि नेयमारले एमबाप्पेकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पिएसजीले फराकिलो जित निकाल्न सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पिएसजीले दोस्रो र तेस्रो स्थानको रेन्नेस र मार्सेलाई १५ अंकले पछि पारेको छ । रेन्नेस र मार्सेको समान ५६ अंक छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, चैत २७, २०७८१२:१७

प्रिमियर लिग उपाधि निर्णायक खेल आज हुँदै: कुन च्यानलमा हेर्ने खेल ?