यी राशिलाई अबको साढे दुई वर्ष हुनेछ निकै कष्टकर, जीवनमा हुनेछ दु:ख नै दु:ख !

शनिदोषबाट पीडित व्यक्तिहरूका लागि अप्रिल महिना धेरै विशेष हुन्छ। ज्योतिषशास्त्र अनुसार यो महिना शनिको राशि परिवर्तन हुँदैछ। साढे दुई वर्षपछि अप्रिल २९ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिको यो परिवर्तनले कुन-कुन राशिका लागि समस्या निम्त्याउनेछ भन्ने बारे जानौं। साथै शनिको राशि परिवर्तनका कारण कुन-कुन राशिलाई शनिको दशाबाट मुक्ति मिल्नेछ ? जन्नुहोस्….

यी राशिलाई हुनेछ समस्या 

ज्योतिषशास्त्रका अनुसार शनिको यो परिवर्तनले कर्कट र वृश्चिक राशिका व्यक्तिमा साढे दुई वर्षको दशा सुरु हुनेछ। साथै, मीन राशिमा शनिको साढे सातीको दशा सुरु हुनेछ। अर्कोतर्फ मिथुन र तुला राशिका मानिसहरूले शनिको ढैय्याबाट मुक्ति पाउनेछन्। जबकि धनु राशिका मानिसहरुले शनिको महादशाबाट मुक्त हुनेछन्।

कुम्भ राशिमा शनि 

ज्योतिषशास्त्रका अनुसार शनिदेवको साढे साती जस्तै ढैय्याले पनि मानिसको जीवनमा प्रभाव पार्छ। साढे सातीको अवधि साढे सात वर्ष र ढैय्याको अवधि साढे दुई वर्ष हुन्छ। यस समयमा शनिदेव मकर राशिमा छन् र राशि परिवर्तन गरेपछि कुम्भ राशिमा प्रवेश गर्नेछ।

प्रकाशित : आइतबार, चैत २७, २०७८१२:५४

आज रामनवमीको दिन गर्नुहोस् यस्ता कार्य, छिट्टै भाग्योदय हुनेछ !