आज चैत्र २८ गते सोमबार,कतिको शुभ रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। परिवारमा आनन्दमय समय बित्नेछ। मध्यान्हपछि स्वास्थ्यमा केहि समस्या आउला साथै परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। बोलीमा ध्यान दिनुहोला। कर्यक्षेत्रमा परिवार तथा मित्रगणको भरपूर सहयोग मिल्नेछ। शरीरमा उत्साह र उर्जा बढ्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। धार्मिक तथा मांगलिक कार्यमा खर्च हुने देखिन्छ। आफन्तजनसँग मनमुटावको स्थिति आउन सक्छ। तर मध्यान्हपछि भने समय अनुकूल होला। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्यमा सुधार आउला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मित्रहरुबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ। नयाँ मित्रहरु बन्नेछन्। आकस्मिक धन लाभको योग रहेको छ। यात्राको योग बन्नेछ। सरकारी क्षेत्रबाट विशेष लाभ मिल्ला। मध्यान्हपछि भने थोरै सावधान रहन जरूरी देखिन्छ। यो समयमा आर्थिक लेन-देन नगर्नु नै राम्रो होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आफ्नो क्रोधमा नियन्त्रण गर्नु पर्ने देखिन्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्तिमय र आनन्दमय वातावरण रहनेछ। व्यापार व्यवसायमा समय अनुकूल रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवसाय क्षेत्रमा समय शुभ रहने देखिन्छ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। मध्यान्हपछि भने स्वास्थ्यमा सुधार आउनेछ। यात्राको योग बन्नेछ। सामाजिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ। मित्रगणका साथ भेटघाट गर्ने अवसर मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्नो क्रोधमा तथा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। रहस्यमय विद्यातर्फ रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। मध्यान्हपछि यात्राको योग बन्न सक्छ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। मध्यान्हपछि बोलीमा संयम राख्न जरूरी रहने देखिन्छ। दुर्घटनाको योग रहेको हुँदा यात्रा गर्दा निकै सतर्क रहनुहोला। आध्यात्मिक सिद्धि प्राप्त हुने योग रहेको छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यपार व्यवसाय क्षेत्रमा समय अनुकूल रहने देखिन्छ। आर्थिक लाभ प्राप्त होला। परिवारमा सुख-शान्तिमय र आनन्दमय वातावरण रहनेछ। दाम्पत्य जीवनमा सुमधुरता छाउनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। यात्राको योग रहेको छ। वाहन सुख मिल्ला। प्रिय व्यक्तिका साथको भेटले मन प्रशन्न रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। कडा परिश्रम पश्चात पनि अपेक्षाकृत सफलता प्राप्त नहुँदा मन चिन्तित रहन सक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउला। मित्रगण तथा आफन्तजनका साथ आनन्दपूर्वक समय बित्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

घर-जग्गा खरिद बिक्रि गर्नको लागि समय शुभ छैन्। शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या आउन सक्छ। वाणी तथा क्रोधमा संयम राख्नुहोला। पानीबाट टाढा नै रहनुहोला। सन्तान सम्बन्धि कुराले मन चिन्तित रहनेछ। सरकारी क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। यात्रा गर्दा सावधान रहनुहोला। कर्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। घर जग्गा तथा वाहन खरिद-बिक्रि यस दिन नगरेकै राम्रो होला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा चुनौतीको सामना गर्नु पर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अत्याधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर हुनेछ। आफ्नो क्रोधमा तथा वाणीमा संयम राख्नु पर्ने देखिन्छ। व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल छैन। स्वास्थ्यमा समस्या आउन सक्छ। मानसिक तनाब बढ्नेछ। मनमा नकारात्मक विचार उत्पन्न होला।

प्रकाशित : आइतबार, चैत २७, २०७८१८:५९

भोलि चैत्र २९ गते मंगलबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल !