शुक्र ग्रहको गोचरले विभिन्न राशिका मानिसहरूलाई विभिन्न तरिकाले असर गर्छ। कतिपय राशिका लागि यो गोचर लाभदायी साबित हुन्छ भने कसैका लागि कठिनाइ बढाउने देखिन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रह विलास, सुख, समृद्धि, प्रेम, विवाहको कारक हो। अप्रिल २७ मा शुक्र ग्रह मीन राशिमा प्रवेश गर्दैछ। मीन राशिमा शुक्र उच्च रहन्छ। जसका कारण यस गोचरको समयमा धेरै अनुकूल परिणाम प्राप्त हुनेछ। जान्नुहोस कुन राशिका मानिसहरुका लागि यो गोचर विशेष लाभदायक साबित हुनेछ।
वृष राशि

यो गोचर धनको दृष्टिले लाभदायी साबित हुनेछ। कामदारको तलब बढ्नेछ। कार्यस्थलमा पदोन्नतिको प्रबल सम्भावना छ। व्यक्तिगत जीवन पनि राम्रो रहनेछ। यो गोचर प्रेम सम्बन्धको लागि धेरै अनुकूल साबित हुनेछ। तपाईंको पार्टनरसँगको सम्बन्ध पहिले भन्दा बलियो हुनेछ।
मिथुन राशि

यस अवधिमा तपाईंले आफ्नो करियरमा उल्लेखनीय प्रगति गर्नुहुनेछ। एकभन्दा बढी स्रोतबाट राम्रो नाफा कमाउन सकिनेछ। राम्रो कामको अवसर, पदोन्नति र पुरस्कारको सम्भावना छ। कार्यस्थलमा तपाईंको प्रदर्शन राम्रो रहनेछ। यो समय राम्रो धन प्राप्तिको सम्भावना रहेको छ। प्रेमी–प्रेमिकासँग यात्रामा जाने योजना बन्न सक्छ।
कर्कट राशि

यो राशिका मानिसहरुका लागि पनि यो गोचर लाभदायक साबित हुनेछ। कार्यस्थलमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कामदारको तलब बढ्न सक्छ। पदोन्नतिको प्रबल सम्भावना छ। नयाँ सम्पत्ति खरिद गर्ने योजना बन्न सक्छ। तपाईं यस गोचर अवधिमा एक भन्दा बढी माध्यमबाट पैसा कमाउन सक्षम हुनुहुनेछ।
वृश्चिक राशि

यस अवधिमा करियरमा राम्रो प्रगतिको सम्भावना छ। बुद्धिको प्रयोग गरेर राम्रै पैसा कमाउन सकिनेछ। यो समयले तपाईंलाई कुनै पनि अवसरबाट अपार सफलता दिने साबित हुनेछ। पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ।

